खेलकुद

‘सातौं मण्डली कप-२०८०’ को उपाधि निस्दी भलिबल क्लबलाई

  २७ कार्तिक २०८०, सोमबार ११:०४        बोली खबर

पाल्पा । मण्डली स्पाेटर्स क्लबकाे आयोजनामा पूर्वखोला गाउँपालिका वडा नम्बर-१,सिलुवामा सन्चालन भएको सातौं मण्डली कप-२०८० अन्तर्गत पुरुष भलिबल प्रतियोगिताको तर्फको उपाधि निस्दी भलिबल क्लब पाल्पाले हात पारेको छ । प्रतियोगितामा निस्दी भलिबल क्लब पाल्पाले मणिमुकुन्द भलिबल क्लब रुपन्देहीलाई ३र२ को अन्तरमा हराउदै आफ्नो पक्षमा जीत निकालेको हो । त्यसैगरी...

‘सातौं मण्डली कप–२०८०’ सिलुवामा सुरु

  २३ कार्तिक २०८०, बिहीबार १३:१९        बोली खबर

पाल्पा ।  मण्डली स्पोर्टस् क्लव पूर्वखोला –१ सिलुवा,पाल्पाको सातौं मण्डली कप–२०८० अन्तर्गत खुल्ला क्लव स्तरीय पुरुष भलिबल प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रम मंगलबार देखि शुरु भएको छ । कार्तिक २२ गते देखि २५ गते सम्म सन्चालन हुने प्रतियोगितालाई लुम्बिनी प्रदेश सांसद राजु प्रसाद श्रेष्ठले एक कार्यक्रमका बीच उद्घाटन गर्नुभयो ।...

सुपरओभरमा नेपाललाई हराउँदै ओमानले जित्यो विश्वकप छनोटको उपाधि

  १९ कार्तिक २०८०, आईतवार १५:१७        बोली खबर

काठमाडौं । टी-२० विश्वकप छनोटको फाइनलमा नेपाल ओमानसँग पराजित भएको छ । निर्धारित २०-२० ओभरमा स्कोर बराबरी भएपछि सुपरओभरबाट निर्णय भएको हो । सुपर ओभरमा २२ रनको लक्ष्य पाएको नेपालले १० रन मात्र जोड्न सक्यो । बिलाल खानले कँसिलो बलिङ गर्दै पहिलो बलमा कुशल भुर्तेललाई आउट गरेका थिए ।...

घिरिङ १ तनहुँलाई ‘बगर कप–२०८०’ को उपाधी

  १७ कार्तिक २०८०, शुक्रबार १२:१३        बोली खबर

पाल्पा । रामपुरमा भएको बगर कप–२०८० अन्तर्गत दोस्रो भलिबल प्रतियोगिताको उपाधी घिरिङ गाउँपालिका १ तनहुँले हात पारेकाे छ । बगर युनाईटेड क्लव रामपुर पाल्पाको आयोजनमा गत कार्तिक १२ गते देखि भएको वडास्तरीय भलिबल प्रतियोगिताको फाईनल खेलमा चापाकोट नगरपालिका २ लाई २र१ सेटले पराजित गर्दै घिरिङ १ ले उपाधी जितेको...

माथागढीमा जनप्रतिनिधि र पत्रकार बीच मैत्रीपुर्ण फुटबल प्रतियोगिता हुने

  १ कार्तिक २०८०, बुधबार १२:४९        बोली खबर

पाल्पा । माथागढी गाउँपालिकाका जनप्रतिनिधि र नेपाल खेलकुद पत्रकार मञ्च बीच मैत्रीपुर्ण फुटबल प्रतियोगिता हुने भएको छ । आउँदै गरेको बडादशैं, दिपावली, छठ र नेपाल सम्वत् लगाएतका चाडको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम तथा मैत्रीपुर्ण फुटबल प्रतियोगिता हुने भएको हो । नेपाल खेलकुद पत्रकार मञ्च जिल्ला समन्वय समिति पाल्पाले आयोजना...

न्यु युथ युनियन तानसेनलाई ज्योतिपुञ्ज कपको उपाधि

  २९ आश्विन २०८०, सोमबार १८:०४        बोली खबर

रामपुर । आईतबार सम्पन्न ज्योतिपुञ्ज कप खुला नकआउट फुटबल प्रतियोगिताको उपाधि न्यु युथ युनियन क्लब, तानसेन पाल्पाले जितेको छ । डर्बी भिडन्तका रुपमा रहेको फाइनलमा न्यु युथ युनियनले अर्को पाल्पाली टोली आयोजक ज्योतिपुञ्ज युवा क्लब, रामपुरलाई हराउँदै च्याम्पियन बनेको हो । रामपुर–७, किसानबारीमा आयोजक क्लब कै खेलमैदानमा भएको उपाधि...

ज्योतिपुञ्ज कप फुटबल प्रतियोगिता सुरु, सामाजिक विकास मन्त्रीद्धारा उद्घाटन् (तस्बिर सहित)

  २२ आश्विन २०८०, सोमबार १८:२३        बोली खबर

पाल्पा । रामपुर–७ किसानबारीमा आज (सोमबार) देखि ज्योतिपुञ्ज कप फुटबल प्रतियोगिता सुरु भएको छ । ज्योतिपुञ्ज युवा क्लवको आयोजनामा विशेष समारोहका बीच आज कपकाे उद्घाटन भएको हाे । कपको उद्घाटन गदै प्रमुख अतिथि लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्री चन्द्रकेश गुप्तले संघियता पूर्ण रुपमा कार्यान्वयन नभएपनि खेलकुद क्षेत्रलाई विशेष प्राथमिकता...

माथागढीमा साविक वडा स्तरीय भलिबल प्रतियोगिता सम्पन्न

  १४ जेष्ठ २०८०, आईतवार ११:१५        बोली खबर

पाल्पा । तीन कन्या बाल क्लब, माथागढी-७, रहवास मटेरीले आयोजना गरिएको साविक वडा स्तरीय भलिबल प्रतियोगिता बिहीबार सम्पन्न भएको छ। ४० समूह सहभागी रहेको प्रतियोगितामा उदय युवा क्लब, माथागाढी-७, रहवास- ओखरीगौंडाको टिम च्याम्पियन बनेको हाे। प्रतियोगिता ३ दिन सक्ने  बताइए पनि सहभागी समूहको उल्लेख्य उपस्थितिले गर्दा ४ दिनमा लम्बिएको...

खेलकुद पत्रकार मञ्च पाल्पाको अध्यक्षमा अर्याल

  ५ जेष्ठ २०८०, शुक्रबार १५:४८        बोली खबर

पाल्पा । नेपाल खेलकुद पत्रकार मञ्च जिल्ला समन्वय शाखा पाल्पाको अध्यक्षमा कान्तिपुर दैनिकका उपसम्पादक माधव अर्याल निर्विरोध चयन भएका छन् । पुनः निर्वाचित अध्यक्ष अर्याल कान्तिपुर दैनिकका उपसम्पादक हुन् । मञ्चको साधारणसभा तथा जिल्लामा खेलकुद पत्रकारितमा रुचि राख्ने पत्रकारहरुको भेलाबाट उपाध्यक्ष श्रीनगर एफएमका स्टेशन मेनेजर देब पचभैया, सचिव माडी...

रानीमहलमा सम्पन्न राष्ट्रिय वीच भलिबल प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबलाई

  ३१ बैशाख २०८०, आईतवार १४:२८        बोली खबर

पाल्पा । राष्ट्रिय पुरुष वीच भलिबल प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ । पाल्पाको रानीमहलमा शनिबार सम्पन्न खेलमा नेपाल पुलिस क्लबलाई पराजित गर्दै आर्मीले उपाधि उचालेको हो । आर्मीको दिल सुनार र दुर्गाप्रसाद महतोको जोडीले पुलिसको इमबहादुर राना र चन्द्रबहादुर कुँवरको जोडीलाई २१–१९ र २१–१५ को सोझो सेटमा...