
जात ब्यवस्थाको लामो इतिहासमा दलित समुदायले भोग्दै आएको छुवाछूत, उत्पीडनको शृङ्खला एकदमै कहालीलाग्दो छ।
संबिधानमा जातिय छुवाछूतको अन्त्य र कानुनी ब्यवस्था लेखिएता पनि ब्यवहारिक रुपमा भने दलित समुदायले चरम रुपमा विभेद भोग्न परेको छ ।
दलित समुदायका पनि मानव हुन् उनीहरुलाइ नि स्वतन्त्रता पुर्व बाँच्न पाउने, काम गर्न पाउने, आफ्नो सम्पति भोगचलन गर्न पाउने अधिकार संबिधानले दिएको छ तर शिक्षित समुदायको अशिक्षित व्यवहारहरुले अझै पनि समाजमा जातीय छुवाछूत रहेको छ भनि प्रष्ट पारेको छ ।
दलित भएकै कारण आज आफूले दुःख गरेर कमाएको कमाइले आफ्नो जग्गामा बनाइरहेको घर ब्रहमाण बस्ति नजिकै भएको भन्दै ब्रहमाण समुदायको ब्यक्तिहरुद्वारा बनिरहेको घर भत्काइएको छ । यो घटना बझाङ जिल्ला बित्यङचीर गाउँपालिका को हो । यहि २०८०साल असार १५ गते दाङमा काेठा भाडामा बस्दै आएका महेन्द्र बिकलाई दलित भएकै कारण घरधनिले जबर्जस्ती कोठाबाट निकाली दिए ।
जुम्लामा गैर दलित भनिएको समुदायको छोरीसँग दलित समुदायको युवाको प्रेम बिबाहका कारण उसको घर जलाइयो ।
रुकुम हत्या काण्ड सबैलाई थाहा नै होला नवराज वि क सहित उनको साथीहरूको समुहलाइ पनि दलित समुदायको केटीसँग प्रेम सम्बन्ध भएकै कारण यो सांगठनिक हत्या काण्ड हुन गयो ।
दलित भएकै कारण सम्पूर्ण प्रक्रिया पुरा गरि संस्कृत स्कुल भर्ना गरिएका बाकलहरुलाइ संस्कृत शिक्षा लिनबाट बन्चित गरियो ।
धारामा पानी भर्दा धारा छोएको निहुमा कुटपिट गरिन्छ । मन्दिर पसेको भन्दै गाउँ निकाला गरिन्छ । यी सबै केबल एक प्रतिनिधि गर्ने उदाहरण मात्र हो ।
यस्ता सयौ घटनाहरु ब्यापत गरेको छ । हामी दलित पनि मानव हो हामीलाई पनि बाँच्न पाउने र सम्पूर्ण मानविय क्रियाकलाप गर्न पाउने अधिकार छ । के अब दलित समुदायले नयाँ तरिकाबाट अगाडि जानुपर्ने हो ? यहाँ मानवताको भावना खोज्न कहाँ जानुपर्ने हो ? अझै पनि हामी हाम्रो समाजमा हाम्रो अस्तित्व छ भनेर पत्याइ दिनुपर्ने ।
कस्तो शासन हो सरकार यो कित दलित नेपाली समाज परिवर्तनको हिस्सा हैन भनेर घोषणा गर्नु पर्यो नत्र मानव नामका दानव मनस्थिति भएका मानवरुपी दानवको अन्त्य हुन पर्यो। हिजो यहि समुदायको नाममा हतियार उठाएको भन्नेहरु आज त्यहि समुदाय माथि हिजोका तानाशाह भनिने राजामहाराजाहरुले गरेभन्दा दोब्बर दमन र अत्याचार गर्ने।
यसो हेर्दा हिजो र आजमा के फरक भयो त। हिजोको त्यहि शासनको मुद्दा बोकेको दलका संसद आज हामी र हाम्रो समुदायको आवाज बोल्ने तर दलित मुक्तिको आन्दोलन गरेका भन्ने हरु चुपचाप हामी माथि हमला गराइराख्ने साँचो अर्थमा भन्दा अहिले मुक्ति को आन्दोलन गर्ने भन्दा पनि हाम्रो समुदायको अन्याय र अत्याचारको विरोध गर्ने नै हाम्रो लागि महत्त्वपूर्ण हुन्।
त्यसकारण खोक्रो आदर्श वादको नारा चर्काउने भन्दा सच्चा समुदायको मुद्दा बोक्नेलाई नै हाम्रो समर्थन हुनुपर्छ
सधै दलित समुदायको मानिसलाई उ सक्षम भएता पनि पछि पारिदै आएको भोगाइ देखाइ छ ।
जातिय छुवाछूतको घटनामा कसैलाई नि छुट नहोस् । संबिधानले ब्यबस्था गरेको कानुन बमोजिम कार्वाही होस् ।