
पाल्पा । रामपुरमा भएको बगर कप–२०८० अन्तर्गत दोस्रो भलिबल प्रतियोगिताको उपाधी घिरिङ गाउँपालिका १ तनहुँले हात पारेकाे छ । बगर युनाईटेड क्लव रामपुर पाल्पाको आयोजनमा गत कार्तिक १२ गते देखि भएको वडास्तरीय भलिबल प्रतियोगिताको फाईनल खेलमा चापाकोट नगरपालिका २ लाई २र१ सेटले पराजित गर्दै घिरिङ १ ले उपाधी जितेको हो ।
खेलमा पहिलो सेट चापाकोट २ ले २६ र २७ अंक सहित हात पारेको थियो । अन्तत दोस्रो सेट २५र१८ र तेस्रो सेट २५र२१ अंक सहित घिरिङले हात पारेको थियो । यस संगै चापाकोट २ ले द्वितीय स्थान हासिल गरेको छ । त्यस्तै तेस्रो स्थानको खेल समय अभावका कारण हुन नसकेपछि आयोजक रामपुर ७ ले चापाकोट ६ लाई तृतिय उपाधी प्रदान गरेको छ । प्रतियोगिताको प्रथम, द्वितीय र तृतिय हुन सफल समुहले क्रमश नगद ५० हजार ५ सय ५५, ३५ हजार ५ सय ५५ र २० हजार ५ सय ५५ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । विभिन्न स्थानका १५ समुहको सहभागीता रहेको प्रतियोगितामा वेष्ट प्लेयर घिरिङ् गाउँपालिकाका मिलन चन्द ठकुरी, वेष्ट सेटर चापाकोट २ का विश्सु बराली, वेष्ट डिफेन्स चापाकोट २ का निरज सिंजाली, स्पाईकर चापाकोट २ का सन्तोष थापा र वेष्ट क्वीकर घिरिङ गाउँपालिका २ का मदन थापा भएका छन् ।
प्रतियोगिताको विजेता समुहलाई पुरस्कार रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापा, अन्तराष्ट्रिय विपी चिन्तन प्रतिष्ठानका अध्यक्ष सन्दिप राना, रामपुर ७ का वडा अध्यक्ष दोवराज तिवारी संयुक्त रूपमा पुरस्कार बितरण गर्दै खेलकूदप्रेमी तथा क्लबकाे प्रशंसा गर्नु भएकाे थियाे ।
प्रतियोगिताको पुरस्कार वितरण संगै मनहरी कौरा संस्कृतिक समूहको कौरा नृत्य सहित विविध साँस्कृतिक कार्यक्रम सहित भएको थियो । साथै प्रतियोगिता सफल बनाउन सहयोग गर्ने महानुभावहरुलाई क्लवले सम्मान गरेको छ ।
बगर युनाईटेड क्लवका अध्यक्ष दिपक अर्यालको अध्यक्षतामा भएको कार्यक्रम क्लवका सचिव शिव ढकालको स्वागत बाट सुरु भएको थियो । कार्यक्रमको सञ्चालन उपाध्यक्ष कल्पना सोमैले गर्नु भएको हो ।
