रामपुरको अन्द्रकुडी र गौडान जोड्ने झोलुङ्गे पुलको उद्धघाटन

बाेलीखबर   ४ मंसिर २०८०, सोमबार १३:००

पाल्पा । रामपुर नगरपालिका वडा नम्बर ४ को अन्द्रकुडी र ५ को गौडान जोड्ने झोलुङ्गे पुलको उद्धघाटन भएको छ।

एक कार्यक्रमका बीच संघीय सांसद नारायण आचार्यले उक्त पुलको उद्धघाटन गर्नु भएको हो । कार्यक्रममा बोल्दै आचार्यले अत्यावश्यक पुल निर्माण कार्य सम्पन्न गर्न भूमिका निर्वाह सबैलाई धन्यवाद दिनुभयो ।

उहाँले यस क्षेत्रमा रहेको सातपत्रे गुफा प्रबर्धन गर्न आवश्यक पहल गर्ने बताउनुभयो । बजेट विनियोजन भै काम हुन नसकेको व्यास बसपार्कको समेत निर्माणमा पहल गर्ने आचार्यको भनाई छ ।

प्रदेश सभा सदस्य राजु प्रसाद श्रेष्ठले रामपुरको विकासको लागि तीन तहको सरकार बीच समन्वयन हुनुपर्ने भन्दै प्रदेश सरकारबाट रामपुर क्षेत्रमा उचित बजेट पार्न हरदम प्रयास गरिरहेको बताउनुभयो ।

त्यसैगरी वरिष्ठ चार्टर्ड एकान्टेन्ट्स तथा नेकपा एमालेका युवा नेता निल सारूले समाजको प्रत्यक्ष विकास गर्न यो वा त्यो पार्टी भन्न नहुने बताउनुभयो । कतिपय योजना राजनीतिक पूर्वाग्रहको कारणले बजेट विनियोजन भएर पनि काम गर्न नसकिएको सारुको भनाई छ ।

कार्यक्रमा बोल्दै नेपाली काँग्रेसका नेता श्याम्कान्त खनालले चुनावमा प्रत्यक्ष रुपमा हारे पनि जनताको विकासका फाइल बोकेर सिंहदरबार धाउन तयार भएको बताउनु भएको थियो ।

ईन्द्रेणी समाज केन्द्र संघीय क्षेत्रगत झोलुङ्गे पुल कार्यक्रमको सहयोगमा सम्पन्न यस योजनाको कुल लागत ४२ लाख ७१ हजार५ सय ५८ रुपैयाँ रहेको छ।