मगर चलचित्र ‘रोस्’ को ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

बाेलीखबर   १० आश्विन २०७९, सोमबार ११:१५

पाल्पा । मगर संस्कार, संस्कृति र परम्परामा आधारित मगर चलचित्र ‘रोस्’ को ट्रेलर सार्वजनिक भएको छ ।

सुनारी फिल्मस् प्रालिको व्यानरमा निर्माण गरिएको मगर चलचित्र ‘रोस्’ को ट्रेलर सार्वजनिक संगै मगर भाषाको चलचित्रमा आकर्षण बढेको छ ।

पाल्पाको निस्दी गाउँपालिकाको गल्धा, खरकडाँडा लगायत पालिकाका विभिन्न स्थानहरुमा छायांकन गरिएको यस चलचित्रमा घाटु नाचमा पुरुष कलाकार नाच्न किन मिल्दैन भन्ने विषयको उठान समेत गरेको छ । चलचित्रमा निस्दीको गल्धा, मित्याल, झिरुबास, ज्यामिरे लगायतका विभिन्न स्थानहरुमा बैशाखको पूर्णिमा तिथिमा नचाइने घाटु नाचका साथै मगरी चालचलन र परम्परालाई मुख्य कथावस्तु बनाएको छ ।

मगर समुदायको संस्कार, संस्कृति र परम्परामा चलचित्र आधारित छ । चलचित्र ‘रोस्’ को अर्थ चलन हो।

चलचित्रमा स्त्थानीय धन बहादुर बयम्बु मगर, बोम बहादुर बयम्बु मगर, जेनिसा सोती मगर र थानी सरा सुनारी मगर लगायतका कलाकारहरुले अभिनय गरेका छन् । सुनारी फिल्मस् काे उत्पादन, तुल रूपा सारूमगर, इन्दिरा गर्बुजा मगरकाे निर्माणमा  बनेकाे हाे । छायांकन तथा सम्पादनमा दिपेन बस्नेतले निर्माण भएको हाे । जिएम स्टुडियाेकाे ब्यानरमा बनेकाे उत्त चलचित्रकाे लेखन तथा निर्देशन बुद्ध्य सुनारी मगरले गरेकाे हो ।

यस अघि मगर चलचित्र मराङ् निर्माण गरेका निर्देशक सुनारीले तिहार लगत्तै ‘रोस्’ चलचित्र प्रदर्शन गर्ने तयारीमा रहेको बताएकाे छ।

मगर चलचित्र ‘रोस्’ को ट्रेलर हेर्नुहाेस् 

मगर चलचित्र ‘रोस्’ को ट्रेलर