
पाल्पा । पाल्पा क्षेत्र नम्बर १ बाट प्रदेशसभा सदस्य १(१) मा नेकपा एमालेका राजु प्रसाद श्रेष्ठले फराकिलो मतान्तरसहित विजयी भएका छन् । विजयी भएकाे निर्वाचन कायार्लयले घाेषणा पछि रामपुरमा विजयी र्याली निकालेका हाे ।
विजयी र्यालीमा नेता कार्यकर्ताकाे तथा शुभचिन्तकहरूकाे सहभागिता रहेकाे थियाे । फुलमाला सहित सहभागि भएकाे र्यालीमा युवा संघ नेपाल रामपुर नगर कमिटीले ३० किलाेकाे माला लगाइदिएकाे युवा संघ नेपाल रामपुर कमिटी अध्यक्ष माेहन श्रेष्ठले बताए ।
श्रेष्ठले प्रतिद्वन्द्वी नेपाली कांग्रेसका श्यामकान्त खनाललाई ५ हजार ३ सय ९० मतले पछि पार्दै विजयी भएको हो ।श्रेष्ठले क्षेत्र नं. १ प्रदेश १ भित्रका १९ वडा बाट खसेको ३१ हजार २ सय ११ मत मध्ये १७ हजार ६ सय ४२ मत प्राप्त गरेकाेछ । खनालले १२ हजार २ सय ५२ मत प्राप्त गरेका थिए ।
पाल्पा क्षेत्र नं. १ प्रदेश १ बाट प्रदेश सभामा निर्वाचित श्रेष्ठ लामो समय देखि राजनैतिक देखि सामाजिक क्षेत्रमा सक्रिय रहँदै आएकाे थियो ।
२०५४ सालको स्थानिय चुनावमा तत्कालीन रामपुर गाविस वडा नं. ४ को वडा अध्यक्षमा नेकपा एमाले बाट निर्वाचित भएर काम समेत गरेकाे थियाे । संघियता कार्यान्वयनमा आए संगै २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा श्रेष्ठले रामपुर नगर प्रमुखका लागि प्रतिस्पर्धा गरेकाे थियो । तर मत श्रेष्ठको पक्षमा आएन । उनै श्रेष्ठले लुम्बिनी प्रदेश सभा सदस्यमा निर्वाचित भएको हो ।
भिडियाे