जलवायु परिवर्तन, जनमानसमा पारिरहेको असर न्यूनीकरणमा सम्बन्धि अभिमुखिकारण

बोली खबर   ३० बैशाख २०८१, आईतवार १९:३६

जलवायु परिवर्तन र जनमानसमा पारिरहेको असर न्यूनीकरणमा सम्बन्धि अभिमुखिकारण सम्पन्न भएको छ । जनचेतना जगाउने अभिवृद्धिले क्लाइमेट केयर नेटवर्क नामक युवाहरूको समूहले यसै हप्ता दक्षिणकाली नगरपालिकामा “क्लाईमेट क्रियटिभिटी कन्टेस्ट” कार्यक्रम गरेको हो । ब्रिटिश काउन्सिल र आयोन नेपालको सहयोगमा भएको उक्त कार्यक्रममा दक्षिणकाली नगरपालिका भित्रका सरकारी र गैरसरकारी बिद्यालयका कक्षा सात देखि दश सम्मका विद्यार्थीहरुले भाग लिगेका थिए।

फर्पिङ मा. वि. मा भएकाे उक्त कार्यक्रममा हाजिरीजवाफ, वक्तृत्वकला र चित्रकला जस्ता विधामा, बाताबरण र जलवायु केन्द्रित विषयमा प्रतिस्प्रधीहरुले आफ्नो कला देखाएका थिए।

अरुणोदय मा. वि ले जितेको उक्त कन्टेस्टमा शिखरापुर मा. वि ले दोश्रो स्थान हात पार्न सफल भयो। विजयी टिमहरूलाई पुरस्कारका साथ सम्मान गरिएको थियाे। दक्षिणकाली नगरपालिका मेयर मोहन वसनेतले कार्यक्रम को प्राराम्भ मा शुभकामना व्यक्त गर्नु भएको थियो। लगभग ३५० जनाको सहभागीता रहेकाे

कार्यक्रमका प्रमुख अतिथि दक्षिणकाली नगरपालिका का वाड अध्यक्ष सैलेश मान मानन्धरले यस्तो किसिमको कार्यक्रमले विद्यार्थीहरूलाई सिक्ने नौलो अवसर मिलेको र स्थानिय तहलाई पनि जलवायु परिवर्तन कार्यमा काम गर्न प्रेरणा भएकाले आगामी दिनमा यस्ता कार्यक्रमहरू ओडा तथा नगरपालिकाले पनि गर्ने प्रतिबद्धता जनाउनु भएको छ । साथै कार्यक्रम का नेतृत्व गर्नुभएकी क्लाइमेट केयर नेटवर्ककी नम्रता खतिवडाले कार्यक्रमको सफलताले निक्कै हौशला मिलेको र अब छिट्टै हरेक विद्यालयहरूमा बातावरण सम्वन्धी क्रियाकलाप गर्न उत्सुक विद्यार्थीहरूको समूहलाई “इकोक्लब” बनाई क्लाइमेट केयर नेटवर्कको इकाईको रूपमा वतावरणको काममा अगि बढ्ने प्रतिबद्धता दिनुभएको। “इकोक्लब”को अवधारणा प्रत्येक नगरपालिका र स्कुलहरूमा निकै सकर्तमक रहेको उहाले बताउनु भयो।
“ दक्षिणकाली नगरपालिकामा पाइलट परियोजना रूपमा यो कार्यक्रम गरिएको र यसमा कला र साहित्यबाटको औसत र जलवायु क्विजबाटको ३५% र ३०% को वेटेज राखिएको थियो । हाम्रो देशमा यस्तो प्रकारको कार्यक्रम नयाँ सुरुवात हो, विशेष गरी नेपालले जलवायु प्रेरित विपदको दृष्टिमा चौथो स्थानमा रहेको छ र काठमाडौं सबैभन्दा धेरै प्रदुषित शहरमा प्रथम स्थानमा छ। यस्तो प्रकारको कार्यक्रम हाम्रो परिभेसमा अत्यन्त महत्त्वपूर्ण छ। हामी यसलाई राष्ट्रिय स्तरमा पुनरावृत्ति गर्ने योजना बनाएका छौं “ क्लाइमेट केयर नेटवर्कका अध्यक्ष, बिबेक खनालले भन्नुभएको छ ।