एमाले पाल्पाको अध्यक्षमा ओमबहादुर घर्ती

बाेलीखबर   १५ जेष्ठ २०८१, मंगलवार ०९:२३

पाल्पा । नेकपा एमाले पाल्पाको अध्यक्षमा ओमबहादुर घर्ती मगर निर्विरोध निर्वाचित हुनु भएको छ । तानसेनमा सम्पन्न १० औं जिल्ला अधिवेशनले घर्ती मगरको नेतृत्वमा सर्वसम्मत रुपमा १०१ सदस्यीय जिल्ला कमिटी चयन गरेको हो ।

अधिवेशनबाट उपाध्यक्षमा विमल काफ्ले, सचिवमा रामजी पोखरेल (भोजराज), उप–सचिवमा दिपक विश्वकर्मा र महिला उप–सचिवमा मिना जि।सी। रहनु भएको छ । यसैगरी जिल्ला कमिटी सदस्यमा दलिततर्फ ८ जना, जनजातिमा ८ जना, ४० बर्ष भन्दा मुनी उमेरका युवा १६ जना चयन गरिएको छ । महिला खुलामा ४ जना, मजदुर १ जना, अल्पसंख्यक १ जना, अपाङ्ग १ जना, मुस्लिम १ जनालाई चयन गरिएको छ ।

खुला पालिकातर्फ निस्दी, पुर्वखोला, माथागढी, बगनासकाली, रिव्दीकोट र रैनादेवीछहरा गाउँपालिकामा पाँच र पाँच जनाका दरले ३० जना, तिनाउ गाउँपालिकामा ३ जना, रम्भा गाउँपालिकामा ४ जना, रामपुर नगरपालिकामा ९ जना र तानसेन नगरपालिकामा १० जना जिल्ला कमिटी सदस्यमा चयन भएका छन् ।