रामपुरमा १६ औं कार्यकुशलता तथा सिकाई ब्यवस्थापन कार्यशाला सम्पन्न

बाेलीखबर   १८ जेष्ठ २०८१, शुक्रबार १८:५१

पाल्पा । रामपुरमा १६ औं कार्यकुशलता तथा सिकाई ब्यवस्थापन कार्यशाला सम्पन्न भएको छ । नेपाल बचत तथा ऋण केन्द्र्रीय सहकारी संघ लि (नेफस्कून) द्धारा संचालित तथा रामपुर बचत तथा ऋण सहकारी संस्था लि.को आयोजनामा सम्पन्न भएको हो ।

लुम्बिनी प्रदेशका १० वटा सहकारीले पुर्ण तथा व्याबसायिक साकोस बिकास (प्रोबेसन) प्रोबेसनमा आबद्ध सहकारीका बिचमा भएको कार्यशाला गोष्ठी पाल्पा रामपुरको होटल नमस्तेमा सम्पन्न भएको हो ।

कार्यशालालाई सम्बोधन गर्नुहुदै लुम्बिनी प्रदेश सभा सदस्य एवं अर्थ उद्योग तथा पर्यटन बिकास समितिका सभापति राजु प्रसाद श्रेष्ठले सहकारीले जनताको जिवन स्थर उकास्न सहयोग पुर्याउनु पर्ने बताउनु भएको छ । श्रेष्ठले अब सहकारी प्राविधिक मैत्री हुनु पर्ने जोड दिनु भएको थियो ।

कार्यक्रममा बोल्नु हुदै प्रदेशसभा सदस्य श्रेष्ठले पछिल्लो समय केहि सहकारीले राष्ट्रिय इशु सृजना हुँदा सबै सहकारी मुछिएका छन तर स्थानीयले स्थानीय रुपमा नै संचालन गरेको सहकारीमा कुनै समस्या नभएको बताउनु भएको छ । अब सहकारी प्रबिधिसङ्ग जोडिएर बैंकसंग प्रतिस्पर्धा गर्नु पर्ने आवश्यकता रहेको बताउनु भएको छ ।

कार्यक्रममा सम्पुणर् सहकारीको तर्फबाट अन्धकार मुक्ति बचत तथा ऋण सहकारी सस्थाका अध्यक्ष सागर प्रसाद देबकोटाले शुभकामना व्यक्त गर्नु भएको छ ।

रामपुर बचत तथा ऋण सहकारीका अध्यक्ष गुरु प्रसाद रेग्मीको अध्यक्षतामा, उपाध्यक्ष बाबुराम श्रेष्ठको स्वागत र सचिब कृतिनाथ श्रेष्ठको संचालन गोष्ठी सम्पन्न भएको हो ।