वडा स्तरीय बाल भेला सम्पन्न

बोली खबर   २० जेष्ठ २०८१, आईतवार ०५:००

बालबालिकाको लागि लगानी ल्याउछ सुनौलो बिहानि भन्ने नाराका साथ वडा स्तरीय प्रथम बाल भेला सम्पन्न भएको छ ।
रामपुर नगरपालिका वडा न २ को आयोजना र प्रज्ञा परामर्श सेवाको सहजीकरण गरेको छ ।
भेलामा वडा अध्यक्ष कृष्ण बहादुर नेपालीले बाल बिबाह रोक्छौ र रोक्न सहजीकरण गर्छौ भन्ने सबैले प्रतिबद्ध बन्न आग्रह गर्दै यस वडामा १७ वटा बालबिबाह भएको तत्थ्याङ्क आएको जानकारी गराउनु भयो । समाजमा व्याप्त कुलत , बालबिबाह मुक्त गराउन लगायत कुरिति हटाउन सबै लाग्न आग्रह गर्नु भएको छ । वडालाइ बाल मैत्री बनाउन सबैको साथ माग्नु हुदै आफुले सक्दो सहयोग गर्ने बताउनु भएको छ ।

सगरमाथा बाल क्लबको अध्यक्ष सम्योग भट्टराईको अध्यक्षतामा भएको भेलामा १० सदस्यीय वडा स्तरीय बाल मञ्च गरेको छ ।जसको अध्यक्ष बिपना नेपाली ,उपाध्यक्ष अप्रेणा जिसि, सचिब समिर रुचाल,उप सचिब नबिन कार्कि कोषाध्यक्ष सोफिया थापा रहनु भएको छ ।

भेलामा बाल अधिकार , समानता न्याय सामाजिक कुसंस्कार , विद्यालयका समस्या जस्ता बिषय बालबालिका बाटनै आएका थिए ।भेलामा वडा सदस्य तेज कुमारी गैरे , सरास्वति माबि प्र अ रामचन्द्र पोखरेल पत्रकार बन्दना पोखरेल लगायतले शुभकामना व्यक्त गर्नुभएको छ ।

प्रज्ञा परामर्श सेवा केन्द्रका सहजकर्ता शालीकराम पाण्डे र शालिकराम पोखरेल सहजीकरण गर्नु भएको भेलाको संचालन सन्जु परीयारले गर्नु भएको हो ।