प्रेस युनियन पाल्पाको वार्षिक साधारण सभा सम्पन्न

बोली खबर   २० जेष्ठ २०८१, आईतवार ०५:१६

पाल्पा, नेपाल प्रेस युनियन जिल्ला शाखा पाल्पाको वार्षिक साधारण सभा शनिबार रामपुरमा सम्पन्न भएको छ । रामपुर नगरपालिका ६ ज्याग्दी बृहत पार्कमा वनभोज कार्यक्रम सहित वार्षिक साधारण सभा सम्पन्न गरेको हो ।

साधारण सभाको उट्घाटन गर्दै नेपाल प्रेस युनियनका केन्द्रिय अध्यक्ष शिव लम्सालले प्रेस स्वतन्त्रता लोकतन्त्रको सुन्दर गहना भए पनि प्रेस माथि नै पछिल्लो समय हस्तक्षेप बढ्दै गएको भन्दै यसले लोकतन्त्र माथि नै खतरा खतराको संकेत देखाएको बताउनुभयो । उहाँले प्रेस स्वतन्त्रताका लागि फेरि एकजुट भएर लाग्नु अावश्यक रहेको बताउनुभयो ।लम्सालले केही संगठन समयमा पत्रकार महासंघको अधिवेशन गर्ने पक्षमा नरहेको भन्दै युनियनले तोकिएको मिति भित्र हुनु पर्नेमा जोड दिदै अाएको बताउनुभयो । सदस्यता शुद्धिकरणमा समस्या देखिएको बताउँदै क्रियाशिल पत्रकारहरुलाई मात्र सदस्यमा समेट्न आग्रह गर्दै आएको स्पष्ट पार्नुभयो ।

नेपाल प्रेस युनियनका केन्द्रिय उपाध्यक्ष माधव अर्यालले प्रेसमा माथि पटक पटक प्रहार हुँदै आएकोमा अहिले मुलधारको पत्रकारिता माथि प्रहार भएको बताउनुभयो । पत्रकार र पत्रकारिता प्रति पछिल्लो समय गालीको वर्षा हुने गरेको भन्दै त्यस तर्फ पत्रकारहरु सजग हुन आग्रह गर्नुभयो । उहाँले जुन तन्त्र आए पनि पत्रकारिता क्षेत्रमा निमोठिने कार्य भएको बताउनुभयो । कार्यक्रममा प्रेस युनियनका पूर्व केन्द्रीय वरिष्ठ उपाध्यक्ष दिपक आचार्यले पत्रकारिताको विश्वनियता गुम्न नदिनका लागि पहल हुनु आश्यक रहेको बताउनुभयो । रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले विकास र पत्रकारिता विच अन्तर सम्बन्ध कायम गर्नु पर्नेमा जोड दिनुभयो ।नगर प्रमुख थापाले पत्रकारिता क्षेत्रमा देखिएको समस्या समाधान गर्दै अघि बढ्न सुझाव दिनुभयो ।

नेपाली कांग्रेस लुम्बिनी प्रदेश सदस्य कृष्ण प्रसाद अधिकारी, कांग्रेस लुम्बिनी प्रदेश सदस्य विष्णु माया ढकाल,कांग्रेसका लुम्बिनी प्रदेश सदस्य एवं अन्तराष्ट्रिय विपि चिन्तन प्रतिष्ठानका अध्यक्ष सन्दिप रानाले नेपाली कांग्रेस पाल्पाका उपसभापति ज्ञान बहादुर गाहाले ,प्रेस युनियन पाल्पाका संस्थापक एवं कांग्रेस पाल्पाका उपसभापति झपेन्द्र गहिरे लगायतले बोलेको कुरा व्यवहारमा लागू आग्रह गर्नुभयो । साथै नयाँ पूस्तालाई पनि सञ्चार क्षेत्रमा आकर्षिक गर्नका लागि लाग्नु आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा प्रेस युनियन चितवनका अध्यक्ष अनिल ढकाल, नेपाली कांग्रेसका क्षेत्रिय सभापति झमन राज मगर, ट्रेड युनियन कांग्रेसका अध्यक्ष निलकण्ठ देवकोटा, कांग्रेस महासमिति सदस्य देवराज ढकाल, प्रदेश सभापति राम बहादुर राना, कांग्रेस रामपुर नगर सभापति नेत्र प्रसाद प्रसाद भट्टराई, नेकपा एमाले रामपुरका नगर उपाध्यक्ष विशाल श्रेष्ठ अशोक, नेकपा माओवादी केन्द्र रामपुरका अध्यक्ष यम बहादुर सुनार, नेकपा एकीकृत समाजवादी पार्टीका जिल्ला सहसचिव कमल सेन, नेपाल महिला संघका कार्यवाहक सभापति मिना पन्थी, नेपाल विद्यार्थी संघका केन्द्रिय सदस्य जिवन तिवारी, प्रेस चौतारी नेपाल पाल्पाका उपाध्यक्ष बन्दना पोखरेल, समाजवादी प्रेस संगठनका केन्द्रीय सदस्य रमा भण्डारीले आफ्नो धारणा व्यक्त गर्नु भएको थियो ।

नेपाल प्रेस युनियन पाल्पाका अध्यक्ष मन गहिरेले जिल्लाको पत्रकारहरुको अवस्था र भावी रणनीतिको बारेमा जानकारी गराउनु भएको थियो । त्यस्तै साधारण सभाले रामपुर घोषणा पत्र पनि जारी गरेको छ ।कार्यक्रममा नेपाल प्रेस युनियन पाल्पाका निवर्तमान अध्यक्ष भरत शर्माले ६ बुँदे रामपुर घोषणा पत्र सार्वजनिक गर्नु भएको थियो ।

नेपाल प्रेस युनियन पाल्पाका अध्यक्ष मन गहिरेको अध्यक्षतामा भएको कार्यक्रम उपाध्यक्ष दानु हिस्कीको स्वागत बाट सुरु भएको थियो । कार्यक्रममा उपाध्यक्ष विष्णु खनालले धन्यवाद ज्ञापन गर्नु भएको थियो । सञ्चालन सचिव विष्णु घिमिरेले गर्नु भएको थियो । साथै कार्यक्रममा मैत्रीपूर्ण वनभोज कार्यक्रम समेत भएको थियो