रामपुर सहकारीले जनबिकास माविलाई स्टेचर हस्तान्तरण

बाेलीखबर   २३ जेष्ठ २०८१, बुधबार १७:२३

पाल्पा । रामपुर बचत तथा ऋण सहकारी सस्था लि. रामपुर पाल्पाले ले स्टेचर हस्तान्तरण गरेकोछ । मंगलबार एक कार्यक्रमका बीच जन बिकास माध्यमिक बिद्मालय रजघरालाइ स्टेचर हस्तान्तरण गरेको हाे ।

रामपुर नगरपालिका वडा न ३ का वडा अध्यक्ष दामोदर पाठकको रोहवरमा हस्तारन्तरण गर्दै रामपुर बचत तथा ऋण सहकारी संस्था लि का अध्यक्ष गुरु प्रसाद रेग्मीले विद्यालयका प्रधानाध्यापक पशुपति खनाललाइ विद्यालयमा अत्यावश्यक पर्ने प्राथमिक उपचारको सामान स्टेचर प्रदान गर्नु भएको छ ।

संस्थाले समुदाय प्रति सामाजिक उत्तर दायित्व बहन गर्दै सहकारीले बिपत्तिमा परेको सदस्यलाइ राहत ठाउँ ठाउँमा प्रतिक्षालय, शेयर सदस्य अग्नी पिडितलाइ राहत, दुर्घटना बिमा भुक्तानी  लगायतका काम गर्दै आइरहेको संस्थाका उपाध्यक्ष बाबुराम श्रेष्ठले जानकारी गराउनु भएको छ ।