
पाल्पा,पुस १८ नेपाल कम्युनिस्ट पार्टी नेकपा पाल्पाको अगुवा कार्यकर्ता भेला शनिबार पाल्पामा सम्पन्न गरेको छ । अगुवा कार्यकर्ता भेलालाइ नेपाल सरकारका परराष्ट्र मन्त्री तथा नेकपाका स्थाइ कमिटी सद्स्य प्रदिप ज्ञवालीले सम्बोधन गर्नुभएको छ । मन्त्री ज्ञवालीले नेकपा पाल्पा ओली समूहले आयोजना गरेको कार्यकर्ता भेलामा बोल्नुहुँदै नेकपाका स्थायी कमिटी सदस्य समेत रहनुभएका ज्ञवालीले पार्टीमा बहुमत र अल्पमतको खेलले यो अवस्था सिर्जना भएको बताउनुभयो । प्रधानमन्त्री एवं पार्टीअध्यक्ष केपी शर्मा ओलीले यस्तो अवस्थामा बहुमत हुन्छ भन्ने जान्दाजान्दै पनि पार्टी एकतालाई मजबुत बनाउन बहुमत अल्पमतमा नलागेको नेता ज्ञवालीको भनाई छ ।
कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मन्त्री ज्ञवालीले चुनाव पछि प्रचण्डले अनेक बखेटा झिकेको आरोप लगाउनुभयो । नेकपाका प्रवक्ता समेत रहनुभएका मन्त्री ज्ञवालीले केपी ओलीले कुनै सनकमा प्रतिनिधि सभा विघटन गरेको नभइ सरकार गठन भएपछी प्रचण्डबाट खुट्टा तान्ने अनेकौ प्रयास भए पछी याे अवस्था अाएकाे बताउनुभयाे ।
कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य धनेन्द्रराज घिमिरे ,केन्द्रिय सदस्य झपेन्द्र जिसी प्रदेश संसद युबराज खनाल गाउँपालिकाका अध्यक्षहरुको तर्फबाट निस्दी गाउँपालिकाका अध्यक्ष मुक्त बहादुर सारुले आफ्नो तर्फबाट धारणा राख्नुभएको थियो ।
कार्यक्रममा नेकपा जिल्ला अध्यक्ष नारायण प्रसाद आचार्यको अध्यक्षतामा तानसेन नगरपालिकाका उपप्रमुख लक्ष्मी देवी पाठकको स्वागत र रामजी पोखरेलको संचालनमा सम्पन्न भएको थियो ।