
रामपुर अस्पताल पाल्पामा नयाँ एम्वुलेन्स सन्चालनमा आएको छ । प्रदेश सरकारको लगानीमा रामपुर अस्पतालले एम्बुलेन्स खरीद गरेको हो ।

अस्पताल सन्चालक समीतका सदस्य ईश्वरी देवि खनालको अध्यक्षतामा सन्चालन भएको कार्यक्रममा नयाँ एम्वुलेन्स सन्चालनमा ल्यार्इएको हो । कार्यक्रममा प्रमुख अतिथि प्रदेस साम्सद युवराज खनालले बोल्दै अस्पतालले विपन्न परिवारलाई पनि समेटेर लैजान पर्छ ,उपकरणहरु पनि नभएको भएकाले उपचारमा समस्या भएकाले अस्पताल लाई सुदृढीकरण गर्नु पर्ने भएकाले गुरु योजना समेत तयार भईसकेको बताउनु भएको छ ।कार्यक्रममा pFहाले सामान भएर पनि काममा प्रयोग गर्न नसकेको र भएका सामानलाई प्रयोग गर्न आफुले प्रदेशबाट हुने सहयोग गर्ने बताउनु भएको छ ।
हरेकपालिकामा अस्पताल आबश्यक र प्रदेश सरकारको योजना अनुसार रामपुर अस्पताल पाल्पामा नयाँ एम्वुलेन्स सन्चालनमा ल्यार्इएको छ । अस्पतालमा कार्यरत नर्सिङ सुनिता गौतमको स्वागतबाट सुरू भएको कार्यक्रम मा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट विजय परियारले बोल्दै लुम्बिनी प्रदेशको बजेटबाट अस्पतालको आफ्नै एम्बुलेन्स ल्यायको बताउनु भयो । अस्पतालमा आफ्नै एम्बुलेन्स ल्यार्इएको हो । अस्पतालमा अब दुईबटा एम्बुलेन्स भए पछि थप सुविधा हुने भएकोछ । कार्यक्रममा नेपाल कम्युनिष्ठ पाटि नेकपा रामपुर नगरका अध्यक्ष कमल राज भट्टराई नेपाली काङ्ग्रेस रामपुर नगर सभापति नेत्र प्रसाद भट्टराई लगाएतले बोल्दै ,गरिव तथा विपन्न परिवारको लागि पनि सपोर्ट हुनु पर्छ भन्नू भयो ।नेपाल कम्युनिस्ट पाटिका रामपुर नगर ईन्चार्ज राजुप्रसाद श्रेष्ठले बोल्दै पचास बेडको अस्पताल भए पनि पचासबेडको काम भौतिक रुपमा तयार हुन बाकि रहेको भन्दै पाल्पा जिल्लामै पहिलो पचास बेडको अस्पताल हो ।भन्दै जुन उद्श्यले एम्बुलेन्स आएको छ त्यहिकाममा सहि प्रयोग होस भन्नु भएको छ । कार्यक्रम को सन्चालन अस्पतालका प्रसासन साहायक हिरा वि क ले गर्नु भएको हो ।