पाल्पामा भएको टिप्पर दुर्घटनामा परि चालकको निधन

बन्दना पाेखरेल   १९ पुष २०७७, आईतवार २०:१२

पाल्पा । पाल्पामा भएको टिप्पर दुर्घटनामा परि चालकको निधन भएको छ । आइतबार दिउँसो सवा ३ बजे रिब्दीकोट गाउँपालिका–३ स्थित लप्सीको रुख नजिकै भएको टिप्पर दुर्घटनामा परि टिप्परका चालक रैनादेबी छहरा गाउँपालिका–५ मुझुङका ४० बर्षीय रामु कार्कीको घटना स्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

सुनवल नवलपरासीबाट पाल्पा सिद्देश्वर चुनढुङ्गा खानिमा ढुङ्गा लिन जादै गरेको लु २ ख २१७१ नं.को खाली टिप्पर अनियन्त्रीत भई सडक देखि अन्दाजी १ सय ५० मिटर तल खसेको र घटनाबारे थप अनुन्धान भइरहेको प्रहरीले जनाएको छ । सांकेतिक तस्बिर