एक युवकले कृते कागजात बनाएर पाल्पाबाट नागरिता लिएको रहस्य खुल्याे

बन्दना पाेखरेल   १९ पुष २०७७, आईतवार २०:२७

पाल्पा

बाग्लुङ जिल्लाका एक युवकले कृते कागजात बनाएर पाल्पाबाट नागरिता लिएको रहस्य खुलेको छ । पाल्पाको रामपुर नगरपालिका वडा नंं १४ निवासी वर्ष ४८ का पिताम्बर अधिकारीको छोरा बनेर बाग्लुङको गलकोट नगरपालिका वडा नंं. ८ पचुवा खर्वाङ निवासी स्वः मानबहादुर कंडेल क्षेत्रीका छोरा वर्ष २२ का धनबहादुर कंडेलले जिल्ला प्रशासन कार्यालय पाल्पाबाट नागरिकता लिएका खुलेको हो ।

बाग्लुङको गलकोट नगरपालिक वडा नं. ८ पचुवा खर्वाङका वडाअध्यक्ष रामप्रसाद कंडेलले धनबहादुर आफ्नै वडाबासी भएको पुष्टि गरे । धनबहादुरका पिता मानबहादुर लामो समय भारतको मेघालयमा बसेर आएको र उनका छ भाई छोरा तथा दुई छोरी रहेको उनले बताए । कृते गरेर नागरिकता बनाउने धनबहादुर मानबहादुरको राँइलो (ठूलो कान्छो) छोरा भएको वडाअध्यक्ष कंडेलले पुष्टि गरे । नयाँ नाम बिजय अधिकारी कायम गरी धनबहादुरले नागरिकता बनाएका छन् । नागरिकता बनाउन सफल भएपछि उनले पिताम्बर अघिकारीलाई अंशमुद्दा पनि हालेको खुलेको छ ।

नाम र थर फेरेर उनको नागरिकता बनाउन पिताम्बरका भाई कृष्णप्रसाद अधिकारीले सहयोग गरेका पाइएको छ । कृष्णप्रसादले नै सनाखत गरेको जिल्ला प्रसासन कार्यालय पाल्पामा रेकर्डमा उल्लेख छ । नागरिता जिल्ला प्रशासन कार्यालय पाल्पाका तत्कालिन प्रशासकीय अधिकृत ताराप्रसाद घिमिरेले जारी गरेका छन् । उता पिताम्बर अधिकारीले भने भारतमा बस्दा धनबहादुरको परिवारैसंग परिचय भएको र पाल्पा रामपुर आफ्नो घरमा पनि आउनेजाने गर्दा आफ्नै भाई कृष्णप्रसादले नागरिकता बनाइदिएर आफ्नो सम्पति हडप्ने प्रयास गरेको दावी गरे । उनले भने, ‘धनबहादुर मेरो घर आउने जाने गर्दथ्यो, मेरो साथीको छोरो हो तर भाईले मेरो सम्पत्ति हडप्न मेरो छोरा बनाएर नागरिता बनाईदिएछ, मलाई अदालतमा मुद्दा हालेपछि चाल पाएं ।’ आफू बिरामी भएको बेला वि.सं २०७२ सालमा आफ्नै भाई कृष्णप्रसादले आफूलाई झुक्याएर नागरिता बनाईदिएको उनले दाबी गरेका छन् ।

उता पिताम्बरका भाई कृष्णप्रसादले लामो समय भारतमा बसेर आउँदा दाजु पिताम्बरले धनबहादुरलाई छोरो बनाएर लिएको दाबी गरे । पछि पिताम्बर र धनबहादुरबीच विवाद भएपछि पिताम्बरले वेवास्ता गरेको र आफूले नागरिता बनाउन भने सहयोग गरेको कृष्णप्रसादले बताए । नागरिकता बनाउँदा आफूले सनाखत गरेको पनि उनले स्वीकार गरे । उनले भने, ‘समाजका केही मान्छेले मलाई सनाखत गर्दा केही फरक पर्दैन भने, तर अहिले उनैले मलाई फसाउन खोजेका छन् ।’ उता बाग्लुङ निवासी धनबहादुरका दाजुभाईले पनि आफ्नो भाईले बाग्लुङबाट नागरिकता बनाउन नपर्ने बताउँदै आएको उल्लेख गरे ।

धनबहादुरले यो भन्दा ११ वर्ष अघि बाउको काजकिरिया सबै भाईहरुसंगै गरेर भारत गएको उनका कांईलो दाजु सन्तोष कंडेलले बताए । हालचाल भने धनबहादुर आफ्नो सम्पर्कमा नरहेको उनले दाबी गरे । सन्तोषले भने, ‘भाईले मलाई यहाँको नागरिकता चाहिंदैन भन्यौ, सबैले संगै नागरिकता बनाउँ भन्दा मलाई यहाँको नागरिकता चाहिंदैन तपाईहरु बनाउनुहोस् भन्यो ।’ स्वः मानबहादुरका छोराहरु क्रमश कृष्ण (कान्छो), हिरा (साईलो) र सन्तोष (काईलो) दाजुभाईले यसरी प्रतिक्रिया दिए ।

धनबहादुरका साईलाबुवा इन्द्रबहादुर कंडेलकी बुहारी तिला कंडेलले भने धनबहादुरले पाल्पाबाट नागरिकता बनाएको आफूले जानकारी पाएको बताइन् । यसअघि गाउँमा आउँदा आफूले नागरिकता बनाईसकेकोले बाग्लुङबाट नागरिकता बनाउन नपर्ने प्रतिक्रिया मानबहादुरले दिएको उनले उल्लेख गरिन् । गाउँमा धनबहादुरलाई अन्तरे भनेर बोलाउने गरेको उनले बताईन । यता जिल्ला प्रसाशन कार्यालय पाल्पाका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले झुटो विवरण पेश गरेर नागरिकता बनाएको पाईए छानबिन गरेर कारवाही गरिने बताए ।

नागरिकता बनाउने र बनाईदिने जोसुकैलाई कानुन बमोजिम कारवाही हुने उनले उल्लेख गरे । नागरिता बनाउने र बनाईदिनेलाई कारवाहीको माग गर्दै पिताम्बरका दुई दिदीबहिनी कमला पाण्डे र गंगा पाण्डेले जिल्ला प्रशासन कार्यालय पाल्पामा उजुरी दिएका छन् ।