
पाैष २० पाल्पा, पाल्पाका किसानले व्यावसायिक अलैची खेती सुरु गरेका छन् । जिल्लाको निस्दी स्थित झिरुबासको लवेद, खाँदर, सहलकोट र रैनादेवी छहराको बल्ढेङ्गढीका किसानले आठ हेक्टर क्षेत्रफलमा अलैची खेती गरेका हुन् ।
कबुलियती वन कार्यक्रममार्फत अलैचीका बिरुवा र प्राविधिक सहयोग पाएपछि यहाँका किसानले अलैचीको व्यावसायिक खेती थालेका हुन् । यसअघि आफ्नो बारीमा मकै सहित अन्य खेती गर्दै आएका किसानले अहिले अलैची खती गर्न थालेको उनीहरूले बताएका छन् ।निस्दी(३, झिरुबास खाँदरका किसान तुलबहादुर बयम्बुले आफूले एक हेक्टरमा क्षेत्रफलमा विगत केहि वर्षदेखि अलैची खेती गरेको बताउनुभयो । उहाँले यो वर्ष चार लाखको अलैची बिक्री गरिसकेको र बाँकी क्वीण्टल अलैची बिक्री गर्न बाँकी रहेको बताउनुभयो । बयम्बुले खेतीबाट भन्दा अलैची खेतीबाट चौगुणा फाइदा भएको सुनाउनुभयो ।यसअघि अलैची खेतीका बारेमा जानकारीसमेत नभएका किसानले तालिम र प्राविधिक सहयोग पाएपछि किसान अलैची खेतीप्रति आकर्षित भएको बताउँछन् ।
निस्दीमा यस वर्ष एकै गाउँबाट करिव २२ सय क्युन्टल अलैची ५ सय रुपया केजिका दरले विक्री गरीएको निस्दी गाउँपालिका कृषी शाखाका प्रमुख खिमराज कोईरालाले जानकारि दिनु भएको छ । यहाँको अलैची यस बर्ष आरुङ्खोलाका व्यापारिले उठाएको बताउनु भएको छ । यस बर्ष थोरै लगाईएकोमा आगामी बर्ष बढि लगाउने तयारि भएको समेत जानकारी दिनु भएको छ ।
पाल्पाका विभिन्न स्थानमा अलैची खेतीको राम्रो सम्भावना भएपनि किसानलाई यससम्बन्धी पर्याप्त जानकारी नहुँदा अलैचीको व्यवसायिक खेती हुन सकेको थिएन । यसको खेती कसरी गर्ने भन्ने पहिले जानकारी थिएन अहिले किसान बिस्तारै अलैचीखेती प्रति आकर्षित हुँदै गएका छन् । किसानलाई प्राविधिक सहयोग गर्ने हो भने जिल्लाका दर्जनौँ स्थानमा अलैचीको व्यवसायिक खेती फस्टाउने सव डिभिजन बन कार्यलय निस्दीका प्रमुख नन्द प्रसाद अधिकारीले बताउनुभयो । अलैची खेती पाल्पामा सुरु भएको केही वर्षमात्र भएकाले क्रमशः उत्पादन बढ्ने डिभिजन वन कार्यालय पाल्पाका सहायक वन अधिकृत यमलाल पोखरेलले बताउनुभयो ।
पाल्पाको निस्दी गाउँपालीका शिक्षा, स्वास्थ्य र रोजगार पयर्टन सहितको पुर्वाधार प्रकृति र मगर संस्कृति निस्दीको आधार भन्ने मुल नारासहित बिकट निस्दीको मुहार फेर्न अहिले निस्दी बासी लागिपरेका छन् । निस्दी बासीको समृद्ध बन्ने चाहाना, गाउँपालिकाको सकृयता र नयाँ योजनाले केहि गर्न चाहाने कृषकलाई टेवा पुगेको गाउँपालिका प्रमुख मुक्त बहादुर सारूले बताउनु भएको छ । निस्दी गाउँपालिका कृषि शाखाले गत असारमा किसानहरुलाई अनुदानमा अलैँचीका विरुवा वितरण गरेको थियो । अलैँचीको पकेट क्षेत्र रहेको वडा नं ३ खाँदरका कृषकलाई बिरुवा वितरण गरिएको हो । लमजुङको भोटेओढारबाट खरिद गरेर ल्याइएको चौध हजार बिरुवा वितरण गरिएको कृषि शाखा प्रमुख कोइरालाले जानकारी दिनुभएको छ । बिरुवासँगै किसानलाई ७ वटा प्लाष्टिक स्प्रेयर, १० किलो फङ्गिसाईड, ७५ वटा अलैंची फल काट्ने स्प्रेयर वडा नम्बर ३ का वडा अध्यक्ष लक्ष्मीप्रसाद पाटाले हस्तान्तरण र्गनु भएको छ । खाँदर क्षेत्रमा लगाइएको अलैंची खेती फस्टाउँदै गएको वडा कृषि प्राबिधिक त्रिमला पाटाले बताउनु भएको छ । गाउँमा विभिन्न काम बाट आर्थीक उपार्जन हुन थालेपछी स्थानीय खुशी भएका छन् ।
निस्दी गाउँपालिकाको झिरुबासमा अलैंचीको खेती फस्टाउदै गए सगैँ यहाँका जनतामा आर्थीक रूपमा सक्षम बन्दै अगाडि बढ्ने क्रममा अलैंची बिस्तारमा लागेका कोईरालाले बताउनु भएको छ । पहिले बनमाराको झाडि रहेको ओसिलो उत्तर फर्केको पाखो अहिले हेर्न लाएक मात्र होइन आम्दानीको स्रोत पनि बनेको छ । निस्दी गाउँपालिका पाल्पाको एक वडा एक पकेट कार्यक्रम अन्तर्गत खादर बासिले अलैंची खेती गर्दै आएको वडा अध्यक्ष लक्ष्मीप्रसाद पाटाले बताउनु भएको छ । स्थानिय किसान मनुराज खाम्चाले आधुनिक कृषी खेती गर्न र बजारीकरणमा सहयोग गरिदिए आफुहरु काम गर्न तयार भएको बताउनु भएको छ । त्यस्तै अर्का किसान तुल बहादुर बयम्वुले पनि सामुहिक कार्य गरी दुई पैसा कमाउन सफल भएको र जसले गर्दा परिबारमा सन्तुष्टि र नुन तेल चल्न थालेको बताउँदै काम गर्ने बाटो देखाई दिएकोमा पालिका र कृषी शाखालाई धन्यवाद दिदै खुसी व्यक्त गर्नु भयो । गत वर्ष करिव १ सय ५० रोपनि क्षेत्रफलमा लगाईएको अलैंची अहिले बिस्तार गरी थप १ सय रोपनि क्षेत्रमा थपिएको कृषी शाखाका प्रमुख कोईरालाले बताउनु भएको छ ।