
२२ पुष २०७७, बुधबार रामपुर (पाल्पा), आलु ब्लक क्षेत्र रहेको पाल्पा रामपुर नगरपालिका वडा नं ६ मा लगाइएको आलु खेती अनुगमन गरिएको छ । नगरपालिकाको एक वडा एक उत्पादन कार्यक्रम अन्र्तगत वडा नं ६ मा लगाइएको आलु खेती प्रमुख प्रशासकिय अधिकृत ऋषिराम आचार्य सहितको टोलीले अनुगमन गरेको हो । पाल्पाको रामपुरमा लुम्बीनी प्रदेशको एक पालिका एक उत्पादन अन्तरगत आलु खेति गरिएको छ ।
रामपुर नगरपालिका वडा न ६ लाई आलु पकेट क्षेत्र बनाउने रामपुर नगरपालिको अभियानमा यस वर्ष आलु रोपीएको छ रामपुर नगरको एक वडा एक उत्पादनले वडाको सहयोगका यस बर्ष कार्यक्रमले सार्थकता पाएको छ । २ सय रोपनिमा सय बोरा आलु लगाईएको वडा अध्यक्ष हुमनाथ न्यौपानेले बताउनु भएको छ । आलु खेतिको अनुगमन गर्दै प्रमुख प्रशासकिय अधिकृत ऋषिराम आचार्यले आलु खेतीले रामपुरमा कृषि पर्यटन बढाउने र कृषकको आयस्तर उकास्ने बताउनुहुन्छ । यस बर्ष वडा न ६ मार्फत १६लाख किलो आलु उत्पादन गर्ने लक्ष्य रहेको वडाअध्यक्ष हुमनाथ गौतमले जानकारी दिनु भएको छ । लुम्बिनी प्रदेश सरकारले २३ ला आखर्थीक सहयोग गरि वडा न ६ मा रहेको विजयपुर कृषी सहकारी मार्फत कृषी ज्ञानकेन्द्र पाल्पाले सहयोग गरेको छ ।
वडा कार्यालयको सहयोग र स्थानीय किसानको मिहिनेतले र सरकारको अनुदान सहयोगमा सगँै कति पय किसान आफैंले पनि बीउ किनेर लगाएका छन् । बिक्रीको समस्या नभएकाले पनि उनीहरू आलु लगाउन हौसिएका हुन्. रामपुर नगरपालिकालाई आत्मनिर्भर बनाउने मात्र होइन,’ न्यौपानेले भन्नु भयो’, ‘यहाँबाट जिल्लाभर र जिल्लाबाहिरसमेत आलु निर्यात गर्ने लक्ष्य र उद्देश्य हो ।’ किसानले बिक्री गर्न नसकेको आलु वडाले खरिद गरेर पनि बिक्री गरिदिने उहाँले बताउन’ भयो । वडा कार्यालयका अनुसार कृषि विशेष क्षेत्रका रूपमा अगाडि बढाउन गत वर्ष किसानलाई विभिन्न कृषिका मल, बीउ, प्रविधि वितरण गरिएको थियो अघिल्लो वर्ष नै आलु पकेट क्षेत्रका रूपमा विकास गर्ने उद्देश्यका साथ अनुदानमा आलुको बीउ वितरण गरेको वडा सचिव वासदेव ढकालले बताउनु भयो . ‘यस वर्षको उत्पादन रामपुर क्षेत्रमा मात्र होइन, निकासी गर्ने गरी नै गरिएको बताउनु भएको छ ,’ उहाँले भन्नुभयो . आलु खेती लगाउने प्रविधि, आलको उत्पादन, मलजल, रोगकीरा नियन्त्रण, बजारीकरणका सम्बन्धमा किसानलाई जानकारी गराएको छ । र मल बिउ समेत अनुदानमा उपलव्ध गराईएको छ । अनुगमन गर्दै कृषी शाखा प्रमुख रामहरि पाण्डेयले कृषकले बोलाएका बेला र अन्य बेला समेत बालिको हेरचाह गरिरहेको साथै कृषी शाखाको तर्फबाट दिन र्पने सवै प्राविधिक सहयोग गरिएको बताउनु भएको छ । अनुगमनका क्रममा रामपुर ६को आलु र यहाँका कृषकले गरेको मेहनेत जस्तै भैरहेको समेत जानकारि गराउनु भएको छ । अनुगमन टोलीमा नगर प्रवक्ता तथा वडा नं ६ का अध्यक्ष हुमनाथ न्यौपाने, कृषि शाखा प्रमुख रामहरी पाण्डेय, प्राबिधिक प्रज्ज्वल केसी, वडा सदस्यहरु थिरलाल ढकाल, यमबहादुर भुजेल, वडा सचिव बासुदेव ढकाल, ईन्जिनियर शंकर कंडेल, विजयपुर कृषि सहकारी संस्थाका अध्यक्ष ओमप्रकाश रेग्मी, पत्रकार लगायतको टोलीले अनुगमन गरेको हो । कृषि ज्ञानकेन्द्र र वडा कार्यालयको सहयोगमा ब्लक कार्यक्रम अन्र्तगत करिव बाह्र सय रोपनी भन्दा बढी क्षेत्रफलमा आलु खेती गरिएको छ । विदेश गएर गाउँ फर्केका र कोभिड १९ को मारमा विभिन्न पेशा, व्यवसाय गुमाएका युवाहरुले सामुहिक आलु खेती गरेका छन् । आलु ब्लक कार्यक्रम अन्र्तगत सातबिसे, विजयपुर, कौवा, प्याक्लुक, कंडेलवारी कुलो क्षेत्रमा लगाइएको आलु अनुगमन गरिएको छ ।