रामपुरमा अनलाईन व्यक्तिगत घटना दर्ता प्रणाली शुभारम्भ

बन्दना पाेखरेल   २२ पुष २०७७, बुधबार १९:०६

पाल्पा , रामपुर नगरपालिका रामपुर पाल्पामा अनलाईन व्यक्तिगत घटना दर्ता प्रणाली शुभारम्भ भएको छ ।

रामपुर नगरपालिकाले वडा नं. ७ को वडा कार्यालय किसानबारी पाल्पाबाट मंगलबार एक कार्यक्रमका विच अनलाईन प्रणालीको शुरुवात गरेको हो । विगतको समयमा हस्तलिखित तथा दस्तावेजमा अभिलेख राखिने व्यक्तिगत घटना अब देखि अनलाईनमा हुने भएको छ ।

अनलाईन व्यक्तिगत घटना दर्ताको प्रमाण पत्र वितरण गर्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले अनलाईन प्रणाली संगै अव व्यक्तिले कुनै प्रमाण वा कागजपत्र हराएमा अनलाइन मै अभिलेख रहने भएकाले सेवाग्राहीलाई सहज हुने बताउनुभयो । कागजी प्रणालीमा धेरै झनझट हुने र सेवाग्राहीको सक्कल कागज हरएमा पुन बनाउन दस्तावेज खोज्नु पर्ने समस्या हुने भएकोले अव त्यो समस्या नहुने र अनलाईन घटना दर्ता नगरका सवै वडामा संचालन हुने बताउनुभयो । साथै उहाँले कागजी प्रणालीमा विभिन्न विसंगति हुने भएकाले अनलाईन प्राणाली संगै ति विसंगती पनि हट्ने बताउनुभयो ।

कार्यक्रममा रामपुर नगरपालिकाका प्रमुख प्रशासशिय अधिकृत ऋषिराम आचार्यले नेपाल सरकारको निति अनुसार नगरपालिकाले वडा नं. ७ बाट पहिलो पटक अनलाई प्रणालीको शुरुवात गरेको बताउनुभयो । उहाँले अनलाईन घटना दर्ता प्रणाली सहज भए पनि संशोधन गर्न नमिल्ने भएकाले घटना दर्ता गर्दा राम्रो संग एकिन गरेर मात्र घटना दर्ता गराउन आग्रह गर्नुभयो ।कार्यक्रममा रामपुर नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष तिर्थ प्रसाद पंगेनीले कागजी अभिलेखमा मिति र विभिन्न रेकर्ड फरक पर्ने समस्या हुने भन्दै अव अनलाईन प्रणाली मार्फत सहज हुने बताउदैँ नगरमै पहिलो पटक वडाबाट सेवा सुभारम्भ गरेकोमा नगरपालिकालाई धन्यवाद ज्ञापन गर्नु भएको थियो । अनलाईन प्रणाली शुभारम्भका अवसरमा रामपुर नगरपालिका वडा नं. ७ का दिक्षा रेग्मी र कृष्ण भट्टराईको जन्मदर्ताको प्रमाण पत्र वितरण गरेको थियो ।

रामपुर नगरपालिका वडा नं. ७का वडा अध्यक्ष तिर्थ प्रसाद पंगेनीको अध्यक्षतामा भएको शुभारम्भ कार्यक्रम रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाको प्रमुख आतिथ्यता र वडा नं. ७ का कार्यालय सहायक गिता पौडेलको संचालनमा सम्पन्न भएको हो ।