आलु पकेट क्षेत्र रामपुर ६ मा आलु सम्बन्धि १ दिने तालिम

बन्दना पाेखरेल   २४ पुष २०७७, शुक्रबार १९:०९

बन्दना पोखरेल पौष २४ पाल्पा रामपुर
आलु पकेट क्षेत्र रामपुर ६ मा आलु सम्बन्धि १ दिने तालिम बिजयपुरमा भएको छ । बिजयपुर कृषि सहकारी सस्था रामपुरको आयोजना र कृषि ज्ञान केन्द्र तानसेन पाल्पा आलु ब्लक क्षेत्रको आर्थिक सहयोगमा भएको हो ।


सस्ंथाका अध्यक्ष ओमप्रकास रेग्मी को अध्यक्षता मा भएको कार्यक्रममा वडा न ६ का वडा अध्यक्ष हुमनाथ न्यौपाने प्रमुख अतिथि रहनु भएको हो । कार्यक्रममा कृषि शाखाका प्रमुख रामहरि पाण्डेले सहजीकरण गर्नु भएको छ । तालिमको सहजीकरण गर्दै कृषी उत्पादनमा जोड दिन र आवश्य सहयोग हरपल गरिरहने बताउनु भएको छ । प्रमुख पाण्डेले आलु गोड्ने विधि भण्डारण विधीका बारेमा कृषकलाई जानकारी दिनु भएको छ । सिताकुण्ड दुग्ध उत्पादन सहकारीका अध्यक्ष कृष्ण कुमार अर्याल वडाका सचिब बासुदेब ढकाल बिजयपुर कृषि सहकारी का सस्थापक अध्यक्ष सुर्य प्रसाद रेग्मी लगाएतले आफ्नो भनार्ई राख्दै आलु लाई आबश्यक पर्ने भण्डारनमा सहयोेग गर्ने तर दुई बर्षे कार्यक्रम रहेकोले नआतिन प्रविधिको प्रयोग गरेर लागत कम उत्पादन वढि गर्न तर्फ लाग्न आग्रह गर्नु भएको छ ।

प्रदेश सरकारको एक स्थानीय तह एक ब्लक क्षेत्र अन्तरगतको २३ लाख वजेटको कार्यक्रम रहेका आलु पकेट क्षेत्र अहिले स्थानिय आन्तरीक र्पयटन समेत बढेको स्थानीय कृषक हुमा देवकोटाको भनाई रहेको छ ।


प्रमुख अतिथि रहनु भएका वडालअध्यक्ष हुमनाथ न्यौपाने वडाको आलु को बारेमा सबै जानकारी गराउदै स्थानिय वडाबासीले व्याक्तिगत , वडाको सहयोग र प्रदेशको कार्यक्रम अन्तरगत गरि यहाँ आलु लगाईएको जानकारी दिनु भएको छ । करिव १२ सय रोपनिमा आलु लगाईएको भन्दै राम्रो हेरचाह गर्न र निरन्तरता दिन आग्रह गर्नु भएको छ । कृषिलाइ आफ्ने व्यापार व्याबसाय रुपमा लिएर काम गर्नु पर्ने अरुका लागि र अनुदानको मात्र भर नर्पन समेत आग्रह गर्नु भएको छ ।
कार्यक्रममा स्वागत सस्थाका उपाध्यक्ष घनश्याम देवकोटाले गर्नु भएको थियो भने सन्चालन सचिव राजेन्द्र ढकालले गर्नु भएको हो ।