रकुवा साँवरीमा अर्गानिक तरकारी खेती सम्बन्धि तालिम सम्पन्न

बन्दना पाेखरेल   २४ पुष २०७७, शुक्रबार १९:२५

कुलमणि ढुङ्गाना ,पौष २४
नवलपुर वौदीकाली गाउँ पालिका वडा नं ३रकुवा साँवरीमा अर्गानिक तरकारी खेती सम्बन्धि ७ दिने तालिम सम्पन्न भएको छ ।

कुमारी निजी शैक्षिक गुठी कावासोती नवलपुरको आयोजना र सालिकग्राम वचत तथा ऋण सहकारी संस्था लिमिटेड वौदीकाली ३ नवलपुरको सह आयोजनामा संचालित तालिमको समापन समारोहमा प्रमुख अतिथि कुमारी निजी शैक्षिक गुठी कावासोतीका अध्यक्ष नर वहादुर ठाडा रहनु भएको हो । उहाँले अर्गानिक खेतीको महत्त्वका विषयमा बौल्दै स्वस्थ्य जिबनका लागि आर्गनिक तरीकाले खेति गर्नु पर्ने बताउनु भएको छ ।

तालिममा कुमारी निजी शैक्षिक गुठीका योजना प्रमुख दिपक लाल श्रेष्ठ ,प्रशिक्षक मित्र श्रेष्ठ , दीपज्योति समाज सेवा केन्द्रका अध्यक्ष कुलमणि ढुङ्गाना ,शारदा माध्यमिक विधालयका प्रधानाध्यापक भुपाल थापा सारु लगायतले बोल्नु हुदै अर्गानिक तरकारी खेती गर्न आग्रह गर्नु भएको छ ।

तालिममा सहभागी २८ जना कृषकहरू लाई तरकारीको विऊ र कृषि सामग्री वितरण गरिएको छ । सालिकग्राम वचत तथा ऋण सहकारी संस्थाका कोषाध्यक्ष ईमान सिंह रुचालको अध्यक्षतामा सुरु भएको कार्यक्रममा स्वागत कृष्णप्रसाद पराजुली र संचालन चित्रा थापा ले गर्नु भएको हो ।