
पौष २५
नेकपाको विशेष परिस्थितिमा भएको छलफल कार्यक्रम रामपुरमा सम्पन्न भएको छ । नेपाल कम्युनिष्ट पार्टि नेकपाका केन्द्रिय सदस्य ठाकुर गैरेको प्रमुख आतिथ्यतामा भएको हो । प्रमुख अतिथि गैरेले बोल्दै आज यो भेला गर्दै छौ किन यो परिस्थीति आयो भन्ने न आजको प्रश्न हो तपाई सवैले सन्चारमा सुनिरहनु भएको छ अहिलेको परिस्थीति विगत लामो समय देखि नै पार्टि भित्र अन्तरसंघर हुन्छ । विभिन्न समयमा प्रश्न गर्ने हिम्मत हुनु पर्छ माक्सबादले हरेक घटनाको प्रश्न गर र सहि उत्तर खोज भन्छ २००६ मा कम्युनिष्ट पार्टी गठन भए देखि हाल सम्म हरेक पटक फूट र जुट भए तर यस सवै परिस्थीतिमा प्रश्न गर्न सक्नु र्पछ अहिले विचारमा बन्देज गर्नु गलतहो । यस्तो हुनु विधि र पद्धती संगत छैन विचार सवैको सुन्नु हुन्छ । विचारलाई विश्लेषण गर्नु आवश्यक रहेको छ । उहाँले विचारको प्रभाहलाई रोक्न सकिदैन विचार त सवैको सुन्नु र्पछ ।
विधि र पद्धतिको सासन चाहेको जनताको जन आदेशलाई कसैले पनि गलत्याउने र संविधान भन्दा माथि रहन पाउने अधिकार छैन र सक्दैन भन्नु भएको छ ,सङ्घिय साम्सदको अधिकार खै जनआदेश को महत्व खै कार्यर्कतालाई सानो मान्ने र नेता ठूलो मान्ने प्रविधि मान्य हुने छैन भन्नु भएको छ ।
नेकपाको यो अवस्था आउनु भनेको ३ बटा कुरा छन् भन्दै हामीले निर्माण गरेको संविधानको रक्षा र्गनु संविधान बमोजिम राज्यको सन्चालन हुनु पर्छ नेकपाको नेतृत्वको सरकारको हो हाम्रो सरकारको हो यो अहिले भएको संविधान विघटन संवैधानिक छ कि छैन भन्ने हो नेपालको परिपेक्षेमा हेर्दा ६ महिना र ९ महिनामा सरकार परिर्वतन हुने भएको अवस्थामा जनताले स्थीर सरकार होस भनेर ५ बर्षका लागि जनआदेश दिए त्यसलाई हाम्रो नेतृत्वको सरकारले पुन निर्वाचनमा जानु राम्रो होर भन्दै कोभिडको समस्याले देश असजिलो परिस्थीतिमा परेको बेला के पुन खरबौ लगाएर चुनाब गर्नू राम्रो हो ? देश संविधान अनुसार चलाउने हो कि सेटिङ्मा चल्ने हो भन्दै प्रश्न गर्नु भएको छ । पार्टि विधि पद्धति अनुसार चल्ने हो की व्याक्तिको र्निदेशन अनुसार चल्ने कम्युनिष्ट पार्टि बिधान र लेनिन बादि माक्सबादि प्रणालिबाट चल्ने हो कि खास व्याक्ति र व्याक्ति प्रधान हुनेहो भन्ने प्रश्न गर्नु भएको छ । अहिले न्यायलयका बारेका जुन भ्रम छरिएको प्रमुख प्रतिपक्ष दलका नेता सेरवहादर देउवा , प्रधानमन्त्री, प्रधानन्याधिस लगाएत विदेशी शक्तीको सेटिङ्गछ त्यसैले संसद पुन स्थापना हुदैन भन्नेहरुलाई मेरो प्रश्न र तपाई पनी र्गनुस के राज्य सेटिङ्मा चल्ने हो कि संबिधान अनुसार चल्ने हो भन्दै १ घण्टा आफ्नो भनाई राख्नु भएको छ ।

नेकपा नगर कमिटि अध्यक्ष कमलराज भट्टराईको स्वागत बाट सुुरु भएको कार्यक्रममा प्रदेश कमिटी सदस्य नेत्र पाण्डे, स्याङ्जा जिल्ला सचिवालय सदस्य हरि भट्टराई, प्रदेश कमिटी सदस्य हिरा मस्श्राङि प्रदेश सल्लाहकार कमिटी लेखनाथ पोखरेल दलितको तर्फबाट यम बहादुर सुनार जिल्ला कमीटि सदस्य करुण काफ्ले जिल्ला कमीटि सदस्य कमल सेन, कमल पाण्डे
निस्दिका सचिब रामप्रसाद खत्री, महिलाको तर्फबाट गीता बिक लगाएतले बोल्दै युवाको तर्फबाट संविधानको खिलाप भएको कामको बिरोध हो भन्दै कानुनको रक्षाका लागि गरीएको आवाहन हो भन्नु भएको छ ।
आफ्नो अनुभुती राख्दै जिल्ला कमीटि सदस्य जानकी भट्टराईले धुरिमा आगो फुकेर खरानि बटुल्ने कस्तो सासन हो यो भन्दै एक मन भएर लाग्न समेत आग्रह गर्नु भएको छ .

दुई पटक लगाएर बनाएको संविधान कसैले आफ्नो स्वर्थका लागि प्रयोग गर्नु या च्यात्नु नहुने बताएका छन् । न्यायको पक्षमा भएको लडाइ हो भन्दै संविधानको रक्षा गर्नु पर्छ, जनतालाई कोभिड को बेला औषधि खुवाउन नसक्ने बेला चुनाव कसरि सम्भब छ संविधानको रक्षाका लागि जनता एक हुनु पर्ने वक्ताहरुको भनाई रहेको थियो ।कार्यक्रमको अध्यक्षता नेकपाका नेता राजेन्द्र प्रसाद लम्सालले र्गनु भएको छ ।