दियालो सामाजिक उद्दमी महिला कृषि सहकारी संस्थाकाे साधारणा सभा सम्पन्न

बन्दना पाेखरेल   २७ पुष २०७७, सोमबार १८:३५

पौष २७
दियालो सामाजिक उद्दमी महिला कृषि सहकारी संस्था लि रामपुर नगरपालिका वडा न ३ को पाचौं बार्षिक साधारण सभा सम्पन्न भयको छ। रामपुर नगरपालिका वडा न ३ का वडा अध्यक्ष दिनेश कुमार खनालको प्रमुख आतिथ्यता भएको हो

प्रमुख अतिथी वडाध्यक्ष खनालले बोल्दै आर्थीक संबृद्धीका लागि हेफरले गरेको कामको प्रसंसा गर्दै महीलाहरु लागी पर्न आग्रह गर्नु भएको छ । कार्यक्रममा हेफर इन्टरनेशनल नेपालको कार्यक्रम अधिकृत शोभाखर न्यौपानेले बोल्दै महिला सशक्तीकरणका लागी आर्थीक संबृद्धी आवश्यक रहेको बताउनु भएको छ । साधारण सभामा सहकारीका अध्यक्ष इस्वरी खनालले सस्ंथाको बार्षिक प्रतिबेदन पेस गर्नु भयको छ ।लेखा सम्योजक रमा थापाले लेखा प्रतिबेदन र ब्यस्थापक गङ्गा थापाले सस्ंथाको ८८ लाख २९हजार ७०२ रकम बराबरको आय ब्यय पेश गर्नुभएको छ । कार्यक्रममा सस्ंथाका जेष्ठ सदस्य रुकमा पराजुली,उत्कृस्ठ बालबाचत जनक सूर्यबङ्शी , उत्कृस्ट बचत कर्ता धनकुमारी कानुङ साथै सहकारी बाट धेरै खसी बोका बिक्रि गर्ने सदस्यहरुलाई सहकारिले सम्म्मान गरेको थियो ।

उक्त कार्यक्रममा समाजसेबी बुद्दिजिबी गङ्ग बहादुर थापा , फडिन्द्र खनाल, श्याम प्रसाद भट्टराई , रेडा पाल्पाको प्रतिनिधि निरन्जन पङ्गेनी लगायत ले आफ्नो शुभकामना दिनु भएको छ । उक्त कार्यक्रमको सन्चालन सस्थांको सचिब बसन्ती सुर्यबङ्शी ले गर्नुभयको हो ।

सस्थांले वास्तविक आवश्यक्ता लाई हेरि बाख्रा उपहार प्रदान गरेको थियो। कार्यक्रमा प्रमुख अतिथी र विशिष्ट अतिथिले सहकारी मार्फत महिला दिदी बैनी ले उत्पादन तथा बजारिकरण मा जोड दिई आयस्तरमा बृद्दी गर्नुपर्ने कुरा ब्यक्त गर्नुभयको थियो ।