नबलपरासि र्बदखाट सुस्ता र्पुव बौदिकालि गाउँपालीकामा फस्टाउदै होम स्टे

बन्दना पाेखरेल   २ माघ २०७७, शुक्रबार ०९:२४

बन्दना पोखरेल रामपुर पाल्पा
पर्यटनको बिकास तथा जैविक बिबिधताको संरक्षण एवं सम्बर्द्धन स्थानीय धार्मिक एवं पर्यटकिय स्थलको प्रचारप्रसार गरि बिश्वमा चिनाउने उदेश्यबाट अभिप्रेरित भै होमस्टे(घरबास)पर्यटन कार्यक्रम सञ्चालन गरि आन्तरिक तथा बाह्य पर्यटक भित्र्याई कालीगण्डकी नदिबेसी उपत्यकाकै पहिलो होमस्टेको रुपमा २०७५ पौष २९गते स्थापना भएको हो दरै होम स्टे।


अहिले ५ घरधुरीबाट सुरु गरिएको होमस्टेमा १०सैया रहेको बताउनु हुन्छ होम स्टेका अध्यक्ष कमल बहादुर दरै उहाँले भन्नु भयो यहाका केहि सामाजीक व्याक्तित्वहरुको सहयोगमा थालीएको हो । आदिवासी दराई जातिको मात्र बसोबास भएको नवलपुर जिल्ला बौदीकाली गाउँपालिका(२डेढगाउँ पश्चिमथर दराईगाउँमा ३६घर दराई छन । होमस्टेलाई सबै घरधुरीमा बिस्तार गर्ने लक्ष्य रहेको अध्यक्ष दरैको भनाई रहेको छ ।
यस ठाउँमा पुग्नका लागि पहुँच मार्गको रुपमा गण्डकी प्रदेश राजधानी पोखरा, पाल्पा रामपुर कावासोती नवलपुर , यातायातको सुबिधा र बाटाहरु छन् ।


होम स्टेमा बसीसकेपछि यहाँका प्रमुख पर्यटकिय आकर्षण कालीगण्डकी नदिबेसिमै प्रख्यात अकलादेबी मन्दिर अकलागुफा,बालीघाट गुफा,चमेरीगुफा,स्यालपानीगुफा,चम्के गुफा ,बालीघाट धार्मिक एवं पर्यटकिय क्षेत्र ,बालउधान,पार्क आदिवासी दराई संग्रहालय मौलादेबी,गडिया छाङ्गो हिमसृङ्गखलाको दृश्यावलोकन(भ्युटावर) बिश्वमै प्रख्यात सालिग्राम पाईने कालीगण्डकी नदि करम माछा पोखरी सामुदायिक बन,बनभोज स्थल,बगैँचा,बाघ ,खरायो तित्रा,बटाई लगायत बन्यजन्तु,चराचुरुङ्गी र कालीगण्डकी नदिमा माछा अवलोकन जस्ता रमणिय स्थानहरु छन् ।

पर्यटकिय सेवा सुबिधा आरामदायी बेड सहित आवासको ब्यबस्था भएको होम स्टेमा स्वच्छ ,सफा, ताजा र शुद्ध स्वस्थकर दराई खानाको परिकार रहेको छ ।
स्थानीय सामाजिक र सास्कृतिक आदिवासी तथा जनजाती दराई समुदायको स्थानीय कला संस्कृतिको संरक्षण र दिगोपनका साथै जिबिकोपार्जनका लागी होमस्टेको सास्कृतिक भवनमा प्रत्येक साझ सान्त तथा रमणीय तवरमा विभिन्न सास्कृतिक कार्यक्रम प्रस्तुत गरिन्छ । जसमा दराईजातिको सोराई,कौरा,झ्याउरे,सालैजो,दोहोरी गित नाच आदि रहेका छन ।


दराई बिशेष खानाका परिकार यस दराई सामुदायिक होमस्टेमा आगन्तुक पाहुनाहरुको लागि बिशेष गरि दराई समुदायको सास्कृतिक तथा परम्परागत स्वादिष्ट खानाका परिकारहरु मोना,निघा,कोदाको रोटी, साक्रुम ,उसिनेको तरुल ,गन्द्रुक ,केराको बोगा,असुरो साधेको अचार ,लोकल हास र कुखुराको मासुका परिकार, माछा ,मकैको आटो,कोदोको ढिडो लगायत पाहुनाको अर्डर अनुसार खाना र पार्टी,मिटिङ्ग,तालीम,गोष्ठीका लागि पनि खाजा खाना उपलब्ध गराउने ब्यबस्था रहेको होम स्टेका सल्लाहाकार सिद्धिपुणी दरैले बताउनु भएको छ ।


त्यस्तै गरि होम स्टेको सामुदायिक भबन निर्माणका लागि गण्डकी प्रदेश सरकारबाट २०७५।०७६मा १० लाख,सघं अन्तरगत तारा गाउँविकास समिति आर्थीक बर्ष ०७६।०७७ मा ६ लाख र चालु आर्थीक बर्षमा गण्डकी प्रदेशकाे तर्फ बाट १० लाख उपलब्ध भएको बौदीकालि गाउँपालिका वडा न ३ का वडाध्यक्ष बालप्रसाद ठाडाले जानकारि दिनु भएको छ उहाँले स्थानियको परम्परा लाई जोगाउन होम स्टेले महत्वपूर्ण भुमिका खेलेको बताउनु भएको छ ।

होम स्टे सन्चालन सगँै समुदायमा अहिले गाउँघर सफा राख्ने बिषेश सरसफाईमा ध्यान दिन , स्वस्थकर खानामा विषेश ध्यान दिन थालेको स्थानिय सामाजिक अभियानता विर बहादुर विसी बताउनुहुन्छ । दरै समुदायमा होम स्टे सगँै तरकारी अन्न बाली लगाउने र आफ्ना पाहुनाहरुलाई ताजा घरकै उत्पादीत तरकारी खुवाउने गरेको विसी बताउनु हुन्छ ।तस्बीर बिर बहादुर बिसी