
रामपुर (पाल्पा), ३ माघ
संसद बिघटनको बिरुद्ध कांग्रेसले असहमती जनाउँदै सडक आन्दोलन गर्नु परेको नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पुर्व उद्योग मन्त्री नबिन्द्रराज जोशीले बताउनुभयो । शनिवार पाल्पाको रम्भा गाउपालिकाको वडा नं १ हुँगीमा भएको कार्यक्रममा जोशीले सरकारले लोकतन्त्र, संविधानमाथि प्रहार गरी असंबैधानिक तरिकाले संसद बिघटन गरेकाले त्यसको बिरुद्धमा बाध्य भएर कांग्रेस सडक आन्दोलनमा जान बाध्य भएको बताउनुभयो ।
संसद बिघटन कार्य मर्यादा विपरित भएको बताउनुहुदै उहाँले नेपाली जनताबाट बलिदान गरेको संविधानको ओली सरकारले असंबैधानिक काम गरेको बताउनुहुदै भाषण र तर्कले देशलाई विनाशतिर धकेलेको बताउनुभएको छ ।
पूर्व उद्योग मन्त्री समेत रहनुभएका जोशीले नेकपा पार्टी भित्रको आन्तरिक विवादलाई मिलाउनका लागि विभिन्न देशका राजनीति दल देशमा आउनुपर्ने बाध्यता प्रधानमन्त्री ओलीका कारण सिर्जना भएको आरोप लगाउनुभयो ।
उहाँले भारत सरकारले कब्जा गरेको लिम्पियाधुरा, लिपुलेक, कालापानी जस्ता भु भाग नेपालको नक्सामा समावेश गरी नक्सा फेरिएपनि सो भुमी नेपालले प्रयोग नगरे सम्म फिर्ता भयो भनेर ढुक्कका साथ बस्न नहुने बताउनुभयो ।
देशमा सुनकाण्ड छानबिन गर्नका लागि आयोग गठन भई छानबिनको नजिक पुग्दा प्रधानमन्त्री ओलीले आयोग नै खारेजी गर्न पुगेको बताउदै पछिल्लो समय देशमा भ्रष्टाचार, बलात्कार जस्ता घटना बढ्दै गएको केन्द्रिय सदस्य जोशीको भनाई छ ।
रम्भाका तरुण दलका उपसभापति सुमन पाण्डेको स्वागतबाट सुरु भएको कार्यक्रमको संचालन नेपाली कांग्रेस रम्भाका सचिव विश्व अर्यालले गर्नुभएको हो । कार्यक्रममा नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि विष्णुमाँया ढकाल, नेपाली कांग्रेस क्षेत्र नं १ प्रदेश ख का सभापति विष्णु थापा, जनप्रतिनिधिको तर्फबाट रामपुर नगरपालिकाका उपप्रमुख विष्णुदेवी घिमिरे आचार्य, नेविसंघका सुरेश बोहरा लगायतले आफ्ना भनाई राख्नुभएको छ । नेपाली कांग्रेस रम्भा गाउपालिकाको आयोजना तथा तरुण दलको सह आयोजनामा बिरोध प्रदर्शन कार्यक्रम भएको हो । गाउँ कार्य समितिका सभापति अशोक फालको अध्यक्षतामा कार्यक्रम भएको कार्यक्रम भएको हो ।