
पाल्पा, ४ माघ ।
आफ्नै श्रीमती ५७ वर्षीया रमा कुमारी दराईको हत्या गरेको आरोपमा रामपुर नगरपालिका वडा नं ५ बेजाड बस्ने बुद्दी दराईलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय रामपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जानकारी दिएको हो ।
बुद्धिले शनिबार साँझ बारी खन्ने कुटोले प्रहार गर्दा रमा गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय रामपुरबाट खटिएको प्रहरीले घाईतेलाई उपचारको लागि रामपुर अस्पताल हुँदै लुम्बिनी मेडिकल कलेज प्रभास पठाएको थियो । सोही अस्पतालमा उपचारको क्रममा उनको आइतबार बिहान मृत्यु भएको प्रहरीले बताएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ