
पाल्पा रामपुर
रामपुर उपत्यका पर्यटन विकास समिति रामपुर पाल्पाको साधारण सभा तथा अधिवेशन सम्पन्न भएको छ । शहीद बहुमुखी क्याम्पस रामपुर ७ किसान बारीमा कार्यक्रम गरी सम्पन्न भएको हो ।रामपुर उपत्यका पर्यटन विकास समिति रामपुर पाल्पाका अध्यक्ष मुरारी प्रसाद काफ्लेको अध्यक्षतामा भएको कार्यक्रम रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

कार्यक्रमको उट्घाटन गर्दै प्रमुख अतिथी थापाले रामपुरको विकासको लागि पर्यटन क्षेत्रलाई मुख्य आधार बनाएर नगरपालिका अघि बढेको बताउनुभयो । उहाँले धार्मिक, ऐतिहासिक एवं रमणीय उपत्यका रामपुरको विकासको लागि पोखरा, भैरहवा र देवघाट संग जोड्न सकेमा यसको महत्व थप बढेर जाने उल्लेख गर्नु भयो । कार्यक्रममा रामपुर नगरपालिकाका उपप्रमुख विष्णु देवी घिमिरे आचार्यले नगर भित्रका पर्यटकिय स्थलहरुलाई गुरुयोजना अनुसार अघि बढाउने प्रयास भैरहेको बताउनुभयो ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी नेकपा रामपुरका अध्यक्ष कमलराज भट्टराई, नेपाली काँग्रेस रामपुर नगर कार्यसमितिका सभापति नेत्र प्रसाद भट्टराई, रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकाल, रामपुर नगरपालिका ७ का वडा अध्यक्ष तिर्थ प्रसाद पंगेनी र नेपाल पत्रकार महासंघ पाल्पा शाखाका सदस्य दुर्गेश मल्लले आफ्नो भनाई राख्नु भएको थियो । साधारण सभामा रामपुर उपत्यका पर्यटन विकास समितिका अध्यक्ष मुरारी प्रसाद काफ्लेले समितिको आर्थिक तथा वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।संस्थाका उपाध्यक्ष लुक बहादुर विरकट्टाको स्वागत बाट सुरु भएको साधारण सभामा सदस्य देवराज ढकालले धन्यवाद ज्ञापन गर्नु भएको थियो । सञ्चालन समितिका सह–सचिव बासुदेव ढकालले गर्नु भएको हो ।

२०६४ सालमा स्थापना भएको समितिले रामपुर क्षेत्रका ओझेलमा परेका पर्यटकिय स्थलको प्रचारप्रसार र पहिचान संगै पर्यटन विकासका लागि मार्गनिर्देश गर्दै आई रहेको छ । यस्तै अधिवेशनले संस्थाको श्यामकान्त खनालको अध्यक्षतामा ९ सदस्य नयाँ कार्यसमिति गठन गरेको छ । समितिको उपाध्यक्षमा सुकदेव पोखरेल, सचिवमा बन्दना पोखरेल, सहसचिवमा कमला नेपाली, कोषध्यक्षमा दुर्गेश मल्ल, सदस्यहरुमा एकराज शर्मा अर्याल, ईश्वरी देवी खनाल, कृष्ण प्रसाद लम्साल र विमला ढकाल रहनु भएको छ ।