मानब बेचविखनबाट प्रभाबित प्रदेश स्तरीय भेला सम्पन्न

बन्दना पाेखरेल   ९ माघ २०७७, शुक्रबार ०७:१५

पाल्पा
मानब बेचविखन बाट प्रभावितहरुको आत्मसम्मान र्पुवक बाच्न पाउने अधिकारको सुनिश्चित गरौ भन्ने नारा सहित पर्पल फाउन्डेसनले एक कार्यक्रम गरेको छ । मानब बेचविखन बाट प्रभाबित प्रदेश स्तरीय भेला तथा सन्जाल निर्माणमा पर्पल फाउन्डेसनको ऐक्यवद्धता कार्यक्रम भएको हो । कार्यक्रम पछि प्रेस विज्ञप्ती जारि गरीएको छ ।


विज्ञप्ती लुम्बीनी प्रदेशका सामाजिक विकास मन्त्री सुर्दसन बराललाई प्रेस बुझाएको हो । मेरो आबाज मानब बेचविखन मुक्त समाज भन्ने प्लेकाड सहित गरिएको कार्यक्रममा मानब बेचविखन तथा ओसार पसार जघन्य अपराध हो । हाल नेपाललाई मानब बेचविखन तथा ओसार पसार स्रोत , गन्तव्य मुलुकको रुपमा चिनिएको अवस्था हो यस अवस्थालाई रोकथाम र न्युनिकरण र्गनका लागि सरकारी र गैरसरकारि सस्थाले थुप्रै कामहरु गरिरहेको अवस्था छ भने अझै धेरै चनाखो भएर काम र्गनु र्पने देखिन्छ भन्दै विज्ञप्ती जारी गरेको छ । राष्ट्रिय मानब अधिकार आयोगले निकालेको प्रतिवेदन अनुसार नेपालमा १.५ लाख नेपाली बेचविखनको जोखीममा रहेका छन् त्यस मध्ये ३५००० बैदेशिक रोजगार, मनोरन्जनको क्ष्ोत्रमा र बालश्रमका रुपमा बेचविखनमा पर्ने गरेको प्रतिबेदनमा उल्लेख गरीएको जानकारि विज्ञप्तीमा दिईएको छ ।


मानब बेचविखनबाट प्रभाबितहरुद्धारा स्थापीत तथा सन्चालित शक्ति समुहको आयोजनामा २०७६ भदैमा भएको भेलाको र्निणय अनुसार सातै प्रदेशमा गठन गरीएकोहो सोही अन्तरगत लुम्बीनी प्रदेशमा पनि भेला सम्पन्न भएको छ । भेलाले नयाँ लुम्बिनि प्रदेश स्तरिय मानब वेचविखन प्रभाबितहरुको संजाल र्निमाण गरेको छ । संजालको मुख्य कार्य प्रभावितहरुलाई कानुनि अधिकारको लागि बकालत, उद्धार,स्वदेश र्फीता , पुनस्थापना , शिक्षा , स्वास्थ्य रोजगारको अवसर प्रभावितहरुलाई उचित स्थानमा सेवा र स्थानीय सरकार सगँ प्रभावितहरुको अधिकारको लागि निरन्तर बकालत पैरवी गर्ने रहेको छ.


लुम्बीनी प्रदेश स्तरीय संजाल नेपालगन्जका र्निमला पौडेलको संयोजकत्वमा ९ सदस्स रहेको छ । दुई दिन सम्म चलेको छलफमबाट १७ बुदेँ आवश्यकता र समस्याहरु पहिचान गरि माग पत्र तयार भएको छ ।यो र्कायक्रम र्पपल फाउन्डेसन प्रविधिकको प्राविधिक सहयोगमा भएको सस्थाका अध्यक्ष र्सिजना काफ्लेले जानकारी दिनु भएको हो ।