रामपुरमा चौथो युथ युनियन कप हुदै

बन्दना पाेखरेल   १० माघ २०७७, शनिबार १९:०२

रामपुर (पाल्पा), १० माघ

चौथो युथ युनियन कप २०७७ संचालन सम्बन्धी पत्रकार भेटघाट कार्यक्रम रामपुरमा भएको छ । युथ युनियन मटेरी क्लबको आयोजनामा रामपुर नगरपालिका वडा नं ५ को मटेरी ठुलोटारमा पत्रकार सम्मेलन गरी कार्यक्रमबारे जानकारी गराइएको छ । क्लबका अध्यक्ष रामबहादुर रानाको अध्यक्षतामा कार्यक्रम भएको हो ।

आगामी माघ २६ गते देखि फागुन १ गते सम्म हुने विविध खेलकुद तथा कार्यक्रमबारे क्लबका सचिव दिपेन्द्र प्रसाद भट्टराईले पत्रकारलाई जानकारी गराउनुभएको छ । एघार ए साइड खुल्ला फुटबल प्रतियोगिता, रामपुर नगर मावि स्तरिय हाजिरीजवाफ प्रतियोगिता लगायतको कार्यक्रम हुने खेल संयोजक सारजन चन्दले जानकारी दिनुभएको छ ।

रामपुर नगरपालिकाको समन्वयमा हुने कार्यक्रमको सन्दर्भमा पत्रकार भेटघाट कार्यक्रममा समाजसेवी अर्जुन रेग्मीले कार्यक्रम सफलताको शुभकामना दिनुभएको हो । कार्यक्रमको संचालन सचिव भट्टराईले गर्नुभएको हो ।