एभरटनको लगातार चौथो जित, सिटी बराबरीमा रोकियो

  १९ आश्विन २०७७, सोमबार ०७:५७

१८ असोज, काठमाडौं । प्रिमियर लिगमा नयाँ सिजनमा गज्जबको प्रदर्शन गरिरहेको एभरटनले लगातार चौथो जित हात पारेको छ । जेम्स रोड्रिगेजको दुई गोल मद्दतमा एभरटनले ब्राइटनलाई ४-२ ले पराजित गरेको हो । नयाँ सिजनमा खेलेका चारवटै खेल जितेको एभरटन शीर्ष स्थानमा छ ।

घरेलु मैदानमा भएको खेलमा डोमिनिक काल्भर्ट लेविनले १६औं मिनेटमा गोल गर्दै एभरटनलाई अग्रता दिलाएका थिए । ४१औ मिनेटमा नि मउपेले ब्राइटनका लागि बराबरी गोल फर्काए । तर पहिलो हाफको अन्तिम मसमया येरी मिनाले गोल गरेपछि एभरटनले २-१ को अग्रता बनायो ।