रामपुरमा स्वागत बधाई तथा शुभकामना कार्यक्रम

बन्दना पाेखरेल   १५ माघ २०७७, बिहीबार १८:१४

नेपाल कम्युनिष्ट पार्टि नेकपा रामपुर नगर कमीटिले आज स्वागत बधाई तथा शुभकामना कार्यक्रम गरेको हो ।

नेपाल कम्युनिष्ट पार्टी नेकपाको तर्फबाट राष्ट्रिय युवा संघ नेपाल र विद्यार्थी संगठन अनेरास्वबीयुमा जिल्ला आयोजक कमिटिमा मनोनित हुने युवाहरुलाई स्वागत गरेको हो । रामपुर नगरपालिकाबाट राष्ट्रिय युवा संघ नेपालमा प्रतिनिधीत्व गर्ने ६१ जना र अनेरास्ववियुमा प्रतिनिधित्व गर्ने ३० जना युवाहरुलाई एक कार्यक्रमका विच बधाई तथा शुभकामना आदानप्रदान गरिुएको हो ।

नगर ईन्चार्ज राजु प्रसाद श्रेष्ठको अध्यक्षतामा भएको बधाई तथा शुभकामना प्रदान कार्यक्रममा प्रदेश सभाका सदस्य एवं नेकपा प्रदेश कमीटि सल्लाहाकार युवराज खनाल , क्षेत्रीय आयोजक कमीटि अध्यक्ष वुद्धिराज गौतम, जिल्ला सल्लाहाकार कृष्णप्रसाद श्रेष्ठ लगाएतले नव नियुक्त सवैलाई बधाई तथा शुभकामना दिनु भएको छ ।

नव नियुक्त राष्ट्रिय युवा संघ नेपालका जिल्ला उपसंयोजक विष्णु आर्चाय र विद्यार्थि संगठनका जिल्ला सचिव मदन आर्चाय लगाएतले राम्रो गर्ने प्रतिवद्धता जाएर गर्नु भएको छ । क्षेत्रिय कमीटि सदस्य सुकदेव पोखरेलको स्वागत र नगर सचिव दामोदर पाठकले सन्चालनमा भएको थियो ।