घर्ती भुजेल समूह रामपुर को आयोजना मा एकदिने अवलोकन भ्रमण

बन्दना पाेखरेल   १८ माघ २०७७, आईतवार १६:२७

बन्दना पोखरेल

घर्ती भुजेल समूह रामपुर को आयोजना मा एकदिने अवलोकन भ्रमण सम्पन्न भएको छ । तनहुँ जिल्लाको आँबु खैरेनि गाउँ पालिका वडा नं १ आँदीमुल भुजेल घर्ती समुदायको कला सस्कृती अवलोकन गर्ने त्यहाँको कला सस्कृति भाषा भेष भुषा रहन सहनका जान्नका लागि रामपुर नगरपालिकाका घर्ती भुजेल समुहको आयोजनामा कार्यक्रम भएको हो । घर्ती भुजेल समुहको आफ्नै कला सस्कृती र परम्परा रही आएको छ ।

आवु खैरेनि गाउपालिका अन्तरगत आदीँमुलमा ७० घर परिवार बसोवास गर्दै आएका छन् । करीव दुई शताव्दी भन्दा लामो समय देखी बस्दै आएको त्यहाँका एक बृद्धले बताए । मंगोल भोट बर्मा बाट आएका घर्ती भुजेलहरुको अहिलेको पेशा भनेको बास बाट बन्ने विभिन्न प्रकारका सामानहरु निर्माण र्गने गरेका छन् । त्यहाँ समुदाय अहिले पनी आफ्नै बनमा आश्रीत रहका छन् ।

भुजेल समाज सेवा समिति भाषा सस्कार सस्कृति प्रमुख रेशम भुजेलका अनुसार बाग्लुङ्ग र म्याग्दी को निसी भुजि र घट्खोला मा बस्ने हरु बसाई सर्दै अन्यत्र जाने क्रममा निशीभुजि बाट आएकालाई भुजि भुजि भन्दा भन्दै अपभ्रम्स भएर भुजेल भन्न थालियो भने घट्खोला बाट आउने हरुलाई घर्ता भन्दै घर्ती भन्न थालिएको हो । शब्दहरु अपभ्रम्स हुदै र्गदा घर्ति भुजेल भन्ने गरिएको र जातका रुपमा रुपान्तर भएको उनको भनाई रहेको छ । यो समुदायको मुख्य परिकारका रुपमा गिठा भ्याकुर बनका कन्दमुल रहेको र पोषाकका रुपमा पनि घागर चोलो घलेक भएको साथै भोटो र कछाड रहेको उनको भनाई रहेको छ ।समुन्द्री सतह बाट करिव २२सय मिटरको उचाईमा रहेको आँदीमुलको अवलोकन सगँेै त्यहाँको रहन सहन वस्तु स्थीतीका बारेमा जानकारी हासिल गर्ने उद्देश्यले रामपुर वडा न ६को वडाध्यक्ष हुमनाथ न्यौपाने , घर्ती भुजेल समाज रामपुरका अध्यक्ष ईन्द्र बहादुर घर्ती लगाएतको ४ वटा इकाईका १६५ जनाको समुह त्यस स्थानमा गएको थियो ।

आँबुखैरेनी गाउँ पालिका वडा नं १ का अध्यक्ष श्री कृष्णबहादुर थापाको स्वागत बाट सुरु भएको स्वागत एवं भेटघाट कार्यक्रममा रामपुर वडा न ६को वडाध्यक्ष हुमनाथ न्यौपाने , घर्ती भुजेल केन्दीय सचीब विमल घर्ती, रामपुरका अध्यक्ष ईन्द्र बहादुर घर्ती, हेमबहादुर भुजेल लगाएतले आफ्ना भनाई राख्नु भएको थियो । अबलोकन भ्रमणमा वडा सदस्य यमबहादुर भुजेल र थीरलाल ढकाल वडा सचिव बासुदेव ढकाल लगाएतको उपस्थीति रहेको छ । आँबु खैरेनि घर्ती भुजेल समुहबाट मायाको चिनो प्रदान गरिएको थियो । सोहि अवसरमा रामपुर छ का वडाध्यक्ष न्यौपानेले रामपुर घर्ती भुजेल समूहलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्याक्त व्यक्त गर्नु भएको छ । भाषा सस्कार सभ्यता कलालाई संरक्षण गर्ने र सिक्ने उद्देश्यले भ्रमण गराईएको भ्रमण संयोजक रामबहादुर भुजेलले बताउनु भएको छ ।