जन उत्थान युवा क्लबको वार्षिकोत्सब सम्पन्न

होम राई मगर   १९ माघ २०७७, सोमबार १३:४८

निस्दी,पाल्पा / १९ माघ । जन उत्थान युवा क्लब निस्दी-६,अर्चले,सिमलडाँडा,पाल्पाको पाचौं वार्षिकोत्सब सम्पन्न भएको छ ।

वार्षिकोत्सबको आयोजनामा सन्चालन भएको खुल्ला टोल स्तरीय भलिबल प्रतियोगितामा निस्दी-५,बाङलाङ्गले पहिलो स्थान प्राप्त गरेका थिए । जम्मा २१ वटा समूहको सहभागिता रहेको खेलमा आयोजक टीम सिमलडाँडाले दोस्रो र नारीभङ्ज्याङले तेस्रो स्थान प्राप्त गर्न सफल भएका थिए । त्यसैगरी उत्कृष्ट स्पाइकर जब्कादीका सन्दीप परियार र सबैभन्दा बढी उमेरका खेलाडीमा नारीभङ्ज्याङका असिम रानालाई पुरस्कृत गरिएको थियो । बिजयी समूहलाई एक कार्यक्रमका बीच पुरस्कार स्वरुप नगद,ट्रफी र प्रमाणपत्र वितरण गरिएको थियो भने खेल सन्चालन गर्न सहयोग गर्ने सहयोगी दाताहरुलाई समेत सम्मान गरिएको थियो ।
क्लबका अध्यक्ष अर्जुन बयम्बुको अध्यक्षता चलेको कार्यक्रमको सन्चालन सचिब भगत सोमैले गर्नुभएको हो ।