
प्रेमबहादुर बाकाबल सहलकोट
अंशुवर्मा माध्यमिक विद्यालय निस्दी २ सहलकोट पाल्पाको को ५४ औं वाषिर्कोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ।
विद्यालय व्यवस्थापन समितिको अध्यक्ष देविलाल लामिछाने अध्यक्ष रहेको कार्यक्रमको मुख्य पाहुना निस्दी गाउँ पालिका अध्यक्ष मुक्त बहादुर सारु रहेको हो।
मुख्य पाहुना सारुले कार्यक्रमको उदघाटन गर्दै गाउँ पालिका भित्र रहेका बालालिकाहरुमा गुणस्तरीय शिक्षा प्रदान गर्न सम्पुर्ण विद्यालयका शिक्षक हरुलाइ विषयगत तालिम दिने र मुख्य मन्त्री ग्रामीण विकास कार्यक्रम अन्तर्गत जेहेन्दार छात्रवृत्ति प्रदान गरिने भन्दै यत्रतत्र छरिएर रहेको भवनहरुलाइ आगामी दिनमा व्यवस्थित गर्ने बताउनुभयो ।
विशिष्ट अतिथि निस्दी स्रोत केन्द्रका स्रोत व्यक्ति नर बहादुर थापाले विद्यार्थीअब्बल बन्न अलिकति मिहिनेत गरे सकिन्छ भन्दै कोरोनाको कहरका कारण पढाई अस्तव्यस्त भएको बताउदै शैक्षिक वर्ष केही लम्बिन सक्ने जानकारी गराउनुभयो।
यसै अवसरमा निस्दी गाउँ पालिका वार्ड न २ का वार्ड अध्यक्ष पुर्ण बहादुर थापा बाकाबल र पुर्व सहलकोट गा वि स अध्यक्ष मन बहादुर रानाले धारणा राखेको थियो ।
कार्यक्रमको अवसरमा स्व. राेहिणि प्रसाद उपाध्याय
स्मृति अक्षयकोषका लागि चन्द्रसुर्य हार्डवयरका दिपक प्रसाद आचार्य र विषणु प्रसाद आचार्य बाट २५,१११/ रुपैयाँ , ता न पा ५ निवासी राजेन्द्र प्रसाद लिगलबाट स्व. गम माया श्रेष्ठको सम्झनामा १०,५०५/ रुपैयाँ , रा न पा ५ निवासी राजुप्रसाद श्रेष्ठबाट स्व. लोकप्रसाद तथा शेष कुमारी श्रेष्ठको सम्झनामा २५,१११/ रुपैयाँ र रा न पा ५ निवासी बिनोद श्रेष्ठबाट १०,५०१/ रुपैया बराबरको अक्षयकोष स्थापना गरेको छ ।
विद्यालय को बाषिक प्रतिवेदन प्रस्तुत गर्दै रु १ करोड ९७ लाख बराबरको आयव्यय विवरण प्रस्तुत गर्नुभयो ।
विद्यालयका सहायक प्रधानाध्यापक दानबहादुर थापा को स्वागतबाट अगाडि बढेको कार्यक्रमको समापन गर्दै वि व्य स अध्यक्ष देविलाल लामिछानेले धन्यवाद सहित आफू विशेष गरि अक्षयकोष निर्माणको अभियानमा लागेको हुनाले इच्छुक महानुभावहरुका लागि सदैव ढोका खुला रहेको बताउनुभयो ।
