
पाल्पा, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिनिधि सभा विघटन मुलुकको हितमा नरहेको बताउनु भएको छ । नेपाल प्रेस युनियन पाल्पाले रामपुरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै पौडेलले पटक पटकको विघटनले देशको नोक्सान, लोकतन्त्रको क्षति र विघटन गर्ने पार्टीलाई घरासायी पार्ने बाहेक केही नगरेको बताउनुभयो ।
बारम्बारको विघटनले मार खाँदै आएकोले अहिलेको संविधानमा व्यवस्था परिवर्तन गरिएको बताउनुभयो । उहाँले भन्नुभयो,”हिजो संविधानमा प्रधानमन्त्रीले विघटन गर्न सक्ने व्यवस्था गरेको थियो । अब कसैले गर्न नपाओस् भनेर यो व्यवस्था गरिएको हो । प्रधानमन्त्री बाटै लट्याउने काम भएको छ । ” त्यसै प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन गरेर निरकुशता तर्फ ढकेलेको बताउँदै संविधानले यस्तो अधिकार नदिएको बताउनुभयो ।
प्रधानमन्त्रीको कदमलाई नेपाली कांग्रेसले अलोकतान्त्रिक, असंवैधानिक, सर्वसत्तावादको रुपमा लिएको स्पष्ट पार्नुभयो । लोकतन्त्रलाई सबल बनाउन तथा संविधानको रक्षाको लागि जनताले दिएको मतलाई कम्युनिष्ट पार्टी बाट लामो समयको संघर्षको उपलब्धीलाई धुलोमा मिलाउने काम भएको बताउनुभयो । उहाँले नयाँ जनादेशका लागि चुनाव जानु पर्ने भए पनि अहिले नै चुनाव गर्नु प्रक्रिया संवत् नरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “चुनावको पनि निश्चित प्रक्रियाहरु छन् । जथानाम चुनावै चुनाव गरेर, भार थेग्न मुलुकले सक्ने अवस्थामा छैन ।”पौडेलले नेपालको नेताहरुको नौटंकी पनाले मुलुकले दुख पाएको उल्लेख गर्नुभयो ।
उहाँले कम्युनिष्ट पार्टीले जनताले गरेको अपेक्षा विपरित पक्षपात, भ्रष्टचार र राष्ट्रिय सम्पति दोहनमा लागेको आरोप लगाउनुभयो । होटेल श्रीनगरमा भएको भेटघाट कार्यक्रम नेपाल प्रेस युनियन पाल्पाका सदस्य दानु हिस्की मगरको अध्यक्षता, जिवन तिवारीको स्वागत र इमान सिं रानाको सञ्चालनमा भएको हो ।