
बन्दना पाेखरेल
सामुदायिक संस्थाको अध्यक्ष तथा मेनेजरहरुको बचत ब्यावस्थापन तथा लेखा तालिम शुरु भएको छ।

पुर्बखोला गाउँ पालिका ५ बीरकोटकको वडा भवनमा चारदिने सामुदायिक संस्थाका अध्यक्ष तथा मेनेजरहरुका लागि बचत तथा लेखा तालिम गाउँ पालिकाको आर्थिक सहयोग र पुर्बखोला गाउँ पालिका ५बीरकोट पाल्पाको सामुदायिक बिकासकोष समितिको आयोजनामा यस तालिम भएको हो।प्रमुख अतिथि पुर्बखोला गाउँ पालिकाका अध्यक्ष नुन बहादुर थापाले यस संस्था अफ्नै सम्झेर अझै अगाडि बढाउनका लागि हरेक सदस्य सक्रिय भएर कामगर्नुपर्ने र आफुले पनि गाउँ पालिकाबाट गर्न सक्ने सहयोग गर्ने प्रतिवद्वता जनाउनु भयो ।
अन्य अतिथि कार्यबहाक अध्यक्ष सावित्री थापा ,वडा सदस्य कृष्णप्रसाद श्रेष्ठ ,मुक्त बहादुर थापा,शिव कुमार श्रेष्ठ जयराम श्रेष्ठ रुमीसरा दिसुवा लगायत अन्यब्याक्तिहरुले शुभकामना मनतब्य राख्नु भयो। कार्यक्रममा प्रशिक्षक गीता नेपालबाट कार्यक्रमको उदेश्य,गाउँ पालिकाको प्रयास र लक्ष,खाताको प्रयोग,लेखाप्रणालीका आधारभुत सिद्धान्त ,यसको ईतिहास,बर्गीकरण कति प्रकारको खाता प्रयोग भएकोछ ,कतिजनाले तालिम लियो? के नयाँ कुरा भयो?नेतृत्व कर्ताले नेतृत्व लिन सक्यो कि सकेन र नयाँ अध्यक्ष मेनेजरहरुलाई प्रयोगात्तमक , रुपमा खाता भर्नेतरीका आदि बारे सिकाउनु भयो ।कार्यक्रम संस्थाका अध्यक्ष मानारायण श्रेष्ठको अध्यक्षतामा चलेको ।