रामपुर १० कुमराङ्ममा भ्यान दुर्घटना

बन्दना पोखरेल   २४ माघ २०७७, शनिबार ०५:४०

पाल्पा, रामपुर नगरपालिका ८ मा शुक्रबार साँझ भ्यान दुर्घटना हुँदा ९ जना घाईते भएका छन् । बेझाँड बजार बाट रामपुर १० को बर्दले तर्फ जाँदै गरेको लु १ ज ४३८३ नम्बरको भ्यान साँझ ७ बजे कालीगण्डकी करिडोर अन्तर्गत कुमराङ्गमा अनियन्त्रित भई दुर्घटना भएको थियाे ।
घाईते हुनेहरुमा रामपुर नगरपालिका ८ का ३० वर्षिय बसन्त थापा पुलामी, रामपुर नगरपालिका १० का २२ वर्षिय भुमीसरा सारु, रामपुर नगरपालिका ८ का ३५ वर्षिय विना भन्ने सुकमायाँ हिताङ्ग, रामपुर १० का २८ वर्षिय मन कुमारी राना, रामपुर १० का देव बहादुर आलेको छाेरी ९ वर्षिय प्रिङ्का आले, रामपुर १० का ३२ वर्षिय निरमायाँ आले, रामपुर १० का ४७ वर्षिय कमला गाहा, रामपुर १० का ४३ वर्षिय टोपलीसरा पचभैया र चालक रामपुर ४ सदावर्त बस्ने ४३ वर्षिय सुर्य बहादुर कुमाल घाईते रहेकाे ईलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ ।