मुख्य मन्त्री पोख्रेलले रामपुरको कार्यकर्ता भेलालाइ सम्बोधन गर्ने

बाेली खबर   २६ माघ २०७७, सोमबार ००:११


नेकपा रामपुर नगर तथा निस्दि गाउँकमिटिको संयुक्त आयोजनामा माघ २६ गते पाल्पाको रामपुरमा हुने कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाइ लुम्बिनी प्रदेशका मुख्य मन्त्री तथा नेकपा स्थायी कमिटी सदस्य शंकर पोख्रेलले प्रमुख अतिथिको रुपमा सम्बोधन गर्ने भयका छ्न।पछिल्लो नेकपा भित्रको विकशित राजनीति घटनासङ्ग सम्बन्धित रहेर देश दौडाहामा रहेका पोख्रेल भोलि ठिक १२ बजे कार्यक्रम स्थल प्रवेश गर्ने अनेरास्ववियू केन्द्रिय सदस्य कृष्ण प्रसाद भट्टराईले जानकारी दिनुभयो। कार्यक्रम प्रवेश गर्नुपुर्व पोख्रेलले रामतुल्सि मावि समेत अवलोकन गर्ने तालिका तय गरियको छ।कार्यक्रममा पाल्पा क्षेत्र नम्बर १ का माननिय साम्सद, नेकपा लुम्बिनी प्रदेशका प्रदेश सहइन्चार्ज तथा पुर्व मन्त्री माननिय दल बहादुर राना समेत उपस्थिति जनाइ सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ।कार्यक्रम नेकपा नगर इन्चार्ज राजु प्रसाद श्रेष्ठको अध्यक्षता तथा नगर सचीव दामोदर पाठकको संचालनमा सम्पन्न हुने साथै कार्यक्रमसङ्ग सम्बन्धि सम्पुर्ण तयारी पुरा भयको नगर इन्चार्ज राजु प्रसाद श्रेष्ठले बताउनु भयो।कार्यक्रममा माननीय नारायण आचार्य,माननिय युवराज खनाल,नेकपा केन्द्रिय सद्स्य दधिराम न्योपाने,माननिय राधाकृष्ण कृष्ण कंडेल,नेकपा पाल्पा-काठमाडौ सम्पर्क कमिटी अध्यक्ष निल सारु लगायत दर्जनौं नेताहरुले उपस्तिथि जनाउने छन।