
पाल्पा रामपुर
रामपुर नगरपालिकाले अर्धवार्षिक समिक्षा सहित सार्वजनिक सुनुवाई गरेको छ । नगरपालिकाले आर्थिक वर्ष २०७७र०७८ को अर्धवार्षिक समिक्षा सहित सार्वजनिक सुनुवाई सम्पन्न गरेको हो ।
सार्वजनिक सुनुवाईमा स्थानीयले आफ्ना गुनासा राख्दै रामपुर नगरको फोहर व्यवस्थापन हुन नसकेको, र्सावजनिक जग्गाको रेखदेख नभएको, स्वास्थ्य तर्फ कोभीडको हिसाव, सडकको मापदण्ड लक्षीत बर्गका लागि बजेट खै जस्ता थुप्रै प्रश्न तथा जिज्ञासा राखेका छन् ।

सहभागीले राखेका जिज्ञासाहरु माथि प्रकाश पार्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले नगरपालिका समानुपातिक विकासको अवधारणा अनुसार अघि बढेको बताउनुभयो । उहाँले पूर्वाधार विकास संगै नगरपालिकाले शिक्षा, कृषि र पर्यटनको विकासका लागि प्रतिवद्ध भएर लागेको बताउनुभयो । रामपुर नगरपालिकाका उपप्रमुख विष्णु देवि घिमिरे आचार्यले न्यायिक समितिमा आएका मुद्दाहरुलाई छलफलको माध्यम बाट न्यायोचित ढंगले फैसला गरिरहेको बताउनुभयो ।

रामपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत ऋषिराम आचार्यले नगरभित्रका विभिन्न शाखाहरुले चालु आर्थिक वर्षमा प्राप्त गरेको उपलब्धीहरु, भएका कार्य प्रगतिहरुको बारेमा जानकारी दिनु भएको थियो । सार्वजनिक सुनुवाईमा आफ्नो भनाई राख्दै नेपाल कम्युनिष्ट पार्टी नेकपा रामपुरका अध्यक्ष कमलराज भट्टराई र नेपाली कांग्रेस रामपुरका नगर सभापति नेत्र प्रसाद भट्टराईले समय समयमा सार्वजनिक सुनुवाई अति आवश्यक रहेको बताउनु भयो । उहाँहरुले सार्वजनिक सेवामा चुस्तता, पादर्शीता संगै नगरको आन्तरिक आय वृद्धिकोविशेष ध्यान दिन आग्रह गर्नु भएको थियो ।

इलाका प्रशासन कार्यालय रामपुरका प्रमुख इश्वर चन्द्र अर्यालले सार्वजनिक सुनुवाईले सेवालाई थप प्रभावकारी बनाउन सहयोग गर्ने बताउनुभयो । कार्यक्रममा नागरिकहरुको तर्फ बाट चिरञ्जीवी सिग्देल, ऋषिराम भट्टराई, विष्णु प्रसाद पैडेल, भानुभक्त न्यौपाने, धन बहादुर राना, धन बहादुर विश्वकर्मा, किरण खाँण, भोज बहादुर राना, शिव प्रसाद आचार्य लगाएतले सार्वजनीक जग्गा अतिक्रमण, घर नक्सा मापदण्ड, सडक मापदण्ड, सुकुम्बासी समस्या समाधान, सडक विस्तार, लक्ष्यीत वर्गको कार्यक्रम र बजेट, शिक्षा र पुर्वाधारको विषयमा आफ्ना जिज्ञासा राखेका थिए ।

कार्यक्रममा सम्बन्धीत शाखाहरुको तर्फ बाट रामपुर नगरपालिकाका लेखा अधिकृत रेणुराम ज्ञावली, शिक्षा शाखाका अधिकृत विकल काफ्ले, रामपुर नगरपालिकाका इन्जिनियर कृष्ण थापा लगाएतले सार्वजनिक सुनुवाईमा उठेका प्रश्नहरुको जवाफ दिनु भएको थियो । नगर प्रमुख रमण बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रम रामपुर नगरपालिकाका नगर उपप्रमुख विष्णु देवि घिमिरे आचार्यको स्वागत बाट सुरु भएको थियो । सहभागीहरुलाई धन्यवाद रामपुर नगरपालिकाका प्रवक्ता एवं रामपुर ६ का वडा अध्यक्ष हुमनाथ न्यौपानेले ज्ञापन गर्नु भएको हो । सार्वजनिक सुनुवाईको सहजिकरण पत्रकार दुर्गेश मल्ल र सञ्चालक दानु हिस्की मगरले गर्नु भएको थियो ।