
पाल्पा फागुन २, लुम्बिनी प्रदेश सरकारले फागुन ३ गते सार्वजानिक विदा दिने निर्णय गरेको छ । प्रदेश सरकारे प्रदेश स्थापना भएको दिनलाई सार्वजनिक विदा दिएको हो ।
प्रदेश सरकार मन्त्रिपरिष्दको २०७७/०१/१० को निर्णय अनुसार २०७७ फागुन ३ गते प्रदेशभर सार्वजनिक विदा रहेको आन्तरिक मामिला तथा कानून मन्त्रालयको एक सूचना जारी गरेको छ । माघ २८ गते मन्त्रालयका शाखा अधिकृत देवीराम पाठकद्धारा हस्ताक्षरित सूचनामा सो कुरा उल्लेख गरिएको छ । प्रदेश सरकारले यस अघि नै मुख्यमन्त्रीले शपथ लिएको दिनलाई स्थापना दिवस मनाउने निर्णय गरेको थियो ।
सरकारले फागुन ३ गते सार्वजनिक विदा दिदै उत्सवका रुपमा मनाउने निर्णय गरेको हो । २०७४ साल फागुन ३ गेत शंकर पोखरेल लुम्बिनी प्रदेशको मूख्यमन्त्रीमा नियुक्त भई सपथ ग्रहण गरेका थिए । मुख्यमन्त्रीले सपथग्रहण गरी प्रदेश सरकारको गठन भएको दिनलाई आधार मानेर प्रदेश मन्त्री परिषद्को बैठकले फागुन ३ गते प्रदेश स्थापना दिवस मनाउने निर्णय गरेको थियो । सो दिन सार्वजनिक विदा दिने र विभिन्न कार्यक्रम गर्ने पनि प्रदेश सरकारले निर्णय गरेको हो ।