
फागुन १० रामपुर पाल्पा
नेपाल भारत मैत्रि संघ पाल्पाको आयोजनामा चौथो मैत्रि सभा रामपुरमा सम्पन्न भएको छ ।पाल्पा जिल्ला साखाका अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठको अध्यक्षतामा भएको हो । कार्यक्रममा मुख्य पाहुना लुम्विनी प्रदेश सभाका सदस्य युवराज खनाल रहनु भएको हो ।सस्थाका सदस्य भेषराज सुबेदिको स्वागतबाट शुरुभएको कार्यक्रममा अध्यक्षले आफ्नो प्रतिबेदन पढेर सुनाउनु भएको थियो ।

कार्यक्रममा मुख्य पाहुना साम्सद खनालले बोल्दै ११ सालमा शुरु भएको सस्था २०३८ सालमा दर्ता भएर पाल्पामा २०५२ सालमा समिति चयन भएको नेपाल भारत मैत्रि संघ रोटि र बेटिको सम्वन्ध भएको हाम्रो जस्तो मुलुकमा आवश्य भएको र सम्बन्ध राम्रो बनाउन यस सस्थाले भुमिका र्निबाह गर्नु पर्नेमा जोड दिनु भएको हो । सस्थाले विभिन्न विकासका लागि माग गर्ने सक्ने भन्दै सिमाका विषयमा पनि काम भईरहेको बताउनुहुदै अधिबेसन सफलताको शुभकामना दिनुभएको छ ।

कार्यक्रममा केन्द्रीय उपाध्यक्ष बासुदेव सुवेदी ,लोकेन्द्र श्रेष्ठ केन्द्रीय महासचिव बोध कृष्ण सुवेदी ,ईलाका प्रशासन कार्यलय रामपुरका प्रमुख ईश्वरि प्रसाद अर्याल , रामपुर न पा निमित्त प्रमुख रामहरी पाण्डे,सस्थाका सल्लाहकार देवराज ढकाल रामपुर उद्योग बाणिज्य सघ रामपुरका अध्यक्ष भोजेन्द प्रकाश ढकालल रामतुलसि मा वि का विद्यालय व्यवस्थापन , अध्यक्ष विष्णुप्रसाद पौड्यालल लगाएतले बोल्दै अधिबेसनले ईमान्दार जुझारु समिती चयन हुनेमा विश्वास समेत व्यक्त गरेका छन् । भारतले हरेक क्षेत्रमा हेपाह प्रबृति गरेको कुरा प्रष्ट पादै साथि भनेर त साथि जस्तो हुनु पर्दछ भन्नू भएको छ ।े बोल्दै नेपाल मा ढद्ध प्रतिसत उमकार काली गण्डकी स्नानका लागि आउने वातावरण यस्ता महत्व पुर्ण भुमिका खेल्न सके अझ राम्रो हुने बताउनु भयो ।सस्थाका केन्द्रीय सदस्य धनेश्वर बस्याढले भारतले विभिन्न क्षेत्रमा राम्राकाम भएको बताउनु भयो । कार्यक्रममा सवैलाई धन्यवाद सदस्य शुशिला श्रेष्ठले व्यक्त गर्नु भएको थियो ।
