रामपुरमा मोटरसाईकल दुर्घटना, एक युवकको निधन

बाेली खबर   १४ फाल्गुन २०७७, शुक्रबार १०:०९

पाल्पा, रामपुर नगरपालिका ७ किसानबारीमा गएराती मोटरसाईकल दुर्घटना हुँदा एक युवकको घटनास्थल मै ज्यान गएको छ । रामपुर ४ खोप्टार बाट वडा नं. ६ को विजयपुर तर्फ जाँदै गरेको लु १३ प ६८१४ नम्बरको मोटरसाईकल दुर्घटनामा रामपुर ६ विजपुरका ३० वर्षिय युवक सञ्जु आलेको निधन भएको हो ।

किसानबारी नजिकैको पुलमा गएराती करिब ९ बजे तिर दुर्घटना हुँदा आलेको घटनास्थल मै निधन भएको ईलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरिक्षक भिम बहादुर कार्कीले जानकारी दिनुभयो । खोप्टार बाट घर फर्किने क्रममा मोटरसाईकल अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
घटनाको विषयमा थप अनुसन्धान भैरहेको जनाएको छ । उनको शवलाई पोष्टमार्टमका लागि रामपुर अस्पतालमा लगिएको छ ।