
फागुन १४ ,
रामपुर पाल्पा रामपुर नगरपालिका वडा नम्वर ६ तातोपानि धाममा रहेको नगर गौशालाले स्थापनाको प्रथम बाषिक उत्सव ३ दिने विविध कार्यक्रमका साथ सम्पन्न गरेको छ । २०७६साल फागुन १२ गतेबाट २० सम्म महायज्ञको आयोजना गरी स्थापना गरेको गौशालाले प्रथम बाषिक उत्सव सम्पन्न गरेको हो ।
प्रथम वार्षिक उत्सव कार्यक्रममा गाइको महत्व उपयोगिता गौशालाको दिगो विकास व्यवस्थापन सम्वन्धी संगितमय सास्कृतिक भजन कृतन सगै कथा प्रवचन गरी कार्यक्रम सम्पन्न भएको हो । रामपुर नगरपालिका भित्र छाडारुपमा छाडेका गाईको व्यवस्थापन गर्ने उदेश्यले नगर गौशालाको परिकल्पना गरी कामगरेको गौशाला व्यावस्थापन समितिका अध्यक्ष हुमनाथ न्यौपानेले बताउनु भएको छ ।
गाईको महत्व धामिक विश्वास बडाउने र गाईबाट पाइने मानवजाति र पृथ्वीलाइपनि फाइदा हुने पर्यटकिय स्थालको प्रचारप्रसार सगै हिन्दू धर्मालम्बीहरुका लागि जन्मिदा देखि मृत्यु सम्म गाईको महत्व रहेको बताउदै गौशाला स्थापना गरेको र बाषिक उत्सव मनाएको अध्यक्ष न्यौपानेले बताउनु भएको छ
। बाषिक उत्सवका अवश्वरमा गौशालामा कामधेनु गौशाला देवदह रुपन्देहिका प्रमुख संरक्षक योगआयुर्बेद एव पञ्चगव्य चिकित्सा विशेषज्ञ अनुसन्धानकर्ता धर्म सस्कार संस्कृति भित्रको विज्ञान र आध्यात्मका अन्बेषक गौ रक्षा अभियान्ता गोवति योगी सोमराजजी महाराज को मुखार विन्दबाट कथा प्रवचन भएको हो ।
भजन कृतन सास्कतीक कार्यक्रम सहीत भएको प्रवचनको अन्तीम दिन रामपुर नगर पालीकाका नगर उपप्रमुख विष्णु देबि घिमिरे आचार्यले आफ्ना भनार्इ राख्नु भएको छ । गौशालालाइ उपयोग गर्न सके आम्दानी पनिहुने र सगसगै धर्म संस्कृतिको पनि संरक्षण हुने समितिले जनाएको छ । अहिले गौशालामा १ सय ३२ वटागाइ रहेको छ भने ३० वटा गाउँमा रहेको छ । अव नगर गौशालाले १ सय ८ खुत्रुके बनाएर रामपुरको विभिन्न स्थानमा राख्ने योजना रहको पनि समितिले जनाएको छ ।समापन कार्यक्रमके सन्चालन वडा सचिव बासुदेव ढकालले गर्नु भएको हो ।







