
बन्दना पोखरेल फागुन १५ रामपुर पाल्पा
आज ३९ औं राष्ट्रिय मगर एकता दिवस एव एकिकृत मगर उत्थान समाज रामपुर को १३औ बाषिक उत्सव विविध कार्यक्रम गरी मनाएको छ । आदिवासी जनजाति समुदाय अन्तर्गत रहेका देशै भरका मगर समुह, संघ संस्थाले मगर जातिको पहिचान, भाषा संस्कृतिको संरक्षण र एकताका लागि जुट्दै आएकोमा आज दिवसको रुपमा मनाएको हो ।
मगर जातिको अधिकार र अस्तित्वको रक्षाको लागि एकजुट भएर लागेको सम्झनामा अर्थात नेपाल मगर संघको स्थापनाको अवसरमा प्रत्येक वर्ष फागुन १५ गते यो दिवस मनाईदै आएको छ । विभिन्न मगरी भेषभुषामा सजिएका मगर दाजुभाइ दिदिबैनिहरु झाँकि सहित रामपुर बजार परिक्रममा गरेर कार्यक्रममा सहभागि भएको हो ।
एकिकृत मगर उत्थान समाज रामपुरका अध्यक्ष रामबहादुर हिस्की मगरको अध्यक्षतामा भएको कार्यक्रममा मुख्य पाहुना लुम्विनी प्रदेशका साम्सद एव नेकपा केन्द्रीय कमीटि सदस्य तुलाराम घर्तिमगर बसन्त रहनु भएको हो । कार्यक्रममा मुख्य पाहुना लुम्विनी प्रदेशका साम्सद घर्तिमगरले बोल्दै रामपुरका मगरदाजुभाइ दिदिबैनिहरुले पगरी गुताइदिएर गरेको सम्मानको ऋणी छु भन्नु भयो ।
मगर समुदायको धर्म संस्कृतिको संरक्षणका लागि संग्रालय आवश्यक रहेको भन्दै जग्गाको लागि पहल गर्ने बताउनु भएको छ । करिव ६५ प्रतिशत मगर समुदायको बाहुल्यता भएको यस क्षेत्रमा हामी मगर मात्र होईनौ रामपुर बासि पाल्पाबासि पनि हौ भन्नु भएको हो । राष्ट्रिय राजनितिका बारेमा बोल्दै उहाँ मिल्नु को विकल्प नरहेको र सवै मिलेर अवको परिवेशमा राष्ट्रिय सरकार वन्न सक्ने सम्भावना बताउनु भयो उहाँले हामीले त्यति पर भन्दा पनी रामपुर र आफ्नो समृद्धिका लागि आवश्यकता परेका काम गर्न सुझाउनु भयो । उँहाले एक फरक प्रसङमा मगरहरुको एउटा मात्र समस्या भनेको अहिले को राजनितिक वितिष्णा हो र निर्णायक तहमा मगर नभएको भन्दै लुम्विनी प्रदेशमा पनि अहिले ८ जना मात्र साम्सद मगर रहेको जानकारी गराउनु भएको छ । उँहाले जातिय नारालाई पहिचानका निम्ती उठाउने हो साम्प्रादायिकको रुपमा उठाउन हुदैन भन्दै कसैलाइ पनि जातियताको रुपमा विभेद गर्ने हुदैन भन्नुभएको छ ।
कार्यक्रममा लुम्विनी प्रदेशका अर्का प्रदेश सभा सदस्य युवराज खनालले बोल्दै मगर हरुको बाहुल्यता भएको रामपुर मात्र होइन पुर्वि पाल्पामा आफ्नो अधिकारका लागि आफै अगाडि बड्न पर्छ भन्नु भएको छ । साम्सद खनालले अहिलेको राजनितिक अवस्थाका बारेको जानकारी गराउनु भएको छ । समाजका सह अध्यक्ष नरेन्द्र जर्घाको स्वागत मन्तव्य बाट शुरु भएको कार्यक्रममा यस क्षेत्रका मगरी झयाउरे कौरा,सालैजो ठाडोभाका लगायतका सास्कृतिक प्रस्तुतिले अझ रौनक थपेको थियो ।
कार्यक्रममा कार्यक्रममा रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापा, उपप्रमुख विषणु देवी घिमिरे आचार्य, नेपाल मगर संघ प्रदेश सदस्य क्या धनबहादुर राना मगर , एकिकृत मगर उत्थान समाजका अक्षयकोष संयोजक क्याप्टेन देव बहादुर थापा मश्राङ्गी, नेपाल मगर संघ लुम्बिनी प्रदेश सदस्य क्याप्टेन धन बहादुर राना, रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकाल, नेपाल मगर संघ पाल्पाका पुर्व उपाध्यक्ष बोम बहादुर थापा, नेपाल मुस्लिम संघ पाल्पाका सभापति हजिल दिन मियाँ, नेकपाका प्रदेश कमिटी सदस्य जित बहादुर थापा, रेडियो पाल्पाका समाचार प्रमुख दान बहादुर हिस्कीमगर लगाएतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रममा मगर समुदायका जेष्ठ सदस्य डुमा कुमारी सिंजाली र लिल बहादुुर थापा र कक्षा १२ मा उत्कृष्ट अंक ल्याउने तृसना पाटालाई सम्मान गरेको छ । कार्यक्रमको अवसरमा एकिकृत मगर उत्थान समाज अन्तर्गतका विभिन्न समुहले झ्याउरे, कौरा, सालैजो भाका सहितका झाँकी प्रस्तुत गरेका थिए । साथै हरिनास गाउँपालिका क्याक्मीको यानुबाजा समुहको विषेश प्रस्तुति समेत रहेको थियो । त्यस्तै दिवस विशेष समारोहमा १८ समुहका व्यानर, मगरी भेषभुषामा उपस्थित हजारौंको सहभागीतामा झाँकी सहित बेझाँड बजार परिक्रमा गरेको थियो । बालक देखि वृद्ध सम्मको ¥यालीमा सहभागीता रहेको थियो । त्यस्तै कार्यक्रममा लागिगुराँस मगर समुह, क्रियाशिल मगर समुह र एकता मगर समुहले मगरी संस्कृति अनुसार तरुल, बटुक, सेलरोटी, बंगुरको मासु प्रदर्शन सहित विक्री वितरण गरेका थिए । कार्यक्रममा राष्ट्रिय कलाकार चिना थापा, निश्चल थापा, भक्त दर्लामी लगाएतको प्रस्तुतिले कार्यक्रम स्थल अत्यन्त रमाईलो रहेको थियो ।










