प्रधानमन्त्री पद पाए छोडिदैन : देउवा

बाेली खबर   १९ फाल्गुन २०७७, बुधबार १६:५५

१९ फागुन, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कुनै जिम्मेवारी सम्हाल्ने जिम्मेवारी आएपछि नहट्ने बताएका छन् ।

बुधबार चितवनमा आयोजित कार्यक्रममा बोल्दै सभापति देउवाले आफूलाई कुनै लोभ नभएको तर जिम्मेवारी आए पछि हट्नु पनि नहुने बताए ।

‘कांग्रेसलाई पदको लोभ पनि छैन, काँधमा जिम्मेवारी आयो भने भाग्ने पनि छैन’ उनले भने ।

सभापति देउवाले यो रणनीतिले पार्टीलाई फाइदा नै हुने बताए । तर अबको संसदमा पार्टीको रणनीतिबारे उनले केही बताएनन् ।

स्राेतः अनलाइन खबर