कालिका आधारभूत विद्यालयकाे ३३ औं वार्षिक उत्सव सम्पन्न

सन्जु परियार   २० फाल्गुन २०७७, बिहीबार ०७:५३

पाल्पा, रामपुर कालिका आधारभूत विद्यालय ले ३३ औं वार्षिक उत्सव तथा ३४ औं अभिभावक दिवस मनाएको छ ।

कार्यक्रममा बोल्दै रामपुर नगरपालिकाका उपप्रमुख विष्णु देवी घिमिरे आचार्यले विद्या भन्दा ठूलो अरु नहुने बताउँदै विद्यार्थीहरु जसरी अघि बढ्छ, मुलुकको समृद्धि त्यसमा निर्भर हुने बताउनुभयो ।

वार्षिक उत्सवको अवसरमा विद्यालयमा स्थापना भएको ४६ वटा अक्षयकोष मार्फत १ सय ५० जना विद्यार्थीहरुलाई टिफिन बक्स सहित स्टेशनरी वितरण गरिएको थियो । यस्तै विद्यालयमा अध्ययनरत ५७ जना विद्यार्थीहरुलाई रामपुर ४ सदावर्तका समाजसेवी भोटे क्षेत्रीले विद्यालय पोशाक प्रदान गर्नु भएको थियो । साथै पाल्पाली सेवा समाज कतारका अध्यक्ष एवं युवा व्यवसायी तथा समाजसेवी महल क्षेत्रीले स्वर्गीय बुवा केश बहादुर क्षेत्रीको स्मृतिमा ५१ हजार बराबरको अक्षयकोष स्थापना गर्नु भएको छ ।

कार्यक्रममा ओके बाजे द्वारा स्थापना भएको झोला अक्षयकोष मार्फत १० जना विद्यार्थीलाई झोला प्रदान गरिएको थियो । त्यस्तै विद्यालयले वार्षिक उत्सवको अवसरमा रामपुरमा कार्यरत पत्रकार इमान सिं राना र सुशिला रेग्मीलाई सम्मान गरेको छ ।

कार्यक्रममा नेपाली कांग्रेस रामपुरका नगर सभापति नेत्र प्रसाद भट्टराई, भुमि व्यवस्था तथा सुकुम्बासी समस्या समाधान आयोग पाल्पाका सदस्य दुर्गादेवी राना, जापानीज समाजसेवी काजुमासा काकिमी ओके बाजे, इलाका प्रशासन कार्यालय रामपुरका प्रमुख ईश्वर चन्द्र अर्याल, रामतुलसी माध्यमिक विद्यालय प्रधानाध्यापक बालकृष्ण लम्साल, सीताराम माध्यमिक विद्यालयका प्रधानाध्यापक हरि प्रसाद अधिकारी, पूर्व प्रधानाध्यापक पशुपति लम्साल, स्याङ्जा सहयोग समाज हरिनास गाउँपालिका कतारका ईकाई अध्यक्ष हुत बहादुर क्षेत्री र समाजसेवी भोटे क्षेत्रीले आफ्नो भनाई राख्नु भएको थियो । वार्षिक उत्सवमा विद्यालयका प्रधानाध्यापक सोम बहादुर सेनले भौतिक, आर्थिक र शैक्षिक प्रगति विवरण सकिएको प्रतिवेदन प्रस्तुत गर्नु भएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बसन्तराम ठाडाको अध्यक्षतामा भएको कार्यक्रम शिक्षक अभिभावक संघका अध्यक्ष टेक बहादुर क्षेत्रीको स्वागत, बाट सुरु भएको थियो । कार्यक्रममा सहभागीहरुलाई पूर्व शिक्षक अभिभावक संघका अध्यक्ष दिल बहादुर कौसीले धन्यवाद ज्ञापन गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन शिक्षक राम बहादुर रानाले गर्नु भएको हो ।