
फागुन २० रामपुर पाल्पा नेपाल रेडक्रस सोसाईटि रामपुर उपशाखाको आयोजनामा अभिमुखिकरण गोष्टि सम्पन्न भएको छ । उपशाखाका सभापति मनोरथ भट्टराईको अध्यक्षतामा कार्यक्रम भएको हो ।उपसाखाका कार्यसमिति सदस्य कमलराज भट्टराई को स्वागत सुरु भएको अभिमुखि करण गोष्ठिमा प्रमुख अतिथि जिल्ला शाखाका सभापति बुद्धि प्रसाद शर्मा रहनु भएको हो । कार्यक्रममा मुख्यपाहुना शर्मालेले रेडक्रस भनेको सेवाको लागि काम गर्ने संस्था हो सबैको सहयोग अपरिहार्य छ भन्दै सबैले यस उपशाखालाई राम्रो बनाउन सहयोग गर्नू पर्ने भन्दै यस ठाउँमा र्भखर मात्र अप्रेसन सेवा सुरु हुने भएको रहेछ यसका लागि ब्लड बैंक एम्वुलेन्स जस्ता कुरा आबश्य पर्ने भएकाले यसका लागि रेडक्रस लाग्नु पर्ने बताउनु भएको छ रेडक्रसलाई प्रचार प्रसार गर्ने सदस्यता बढाउन समेत सुझाउनु भएको छ ।

रेडक्रसको स्वर्णजयन्तिको अवसरमा सुत्केरीहुनका लागि दुखमा परेर अस्पताल सम्म जान समस्यामा परेका महिलाहरुलाई एम्बुलेन्सको एकातर्फको भाडा रकम४ हजार ५ सय का दरले रामपुर देखि तानसेन सम्मको भाडा आठ जनालाई हस्तान्त्रण गरेको छ ।कार्यक्रममा बरिष्ठ कार्यकारी अधिकृत बाबुराम कार्किले रेडक्रसको बर्तमान अबस्थाका बारेमा जानकारी गराउनु भएको छ ।
नगर उपप्रमुख विष्णु देवि घिमिरे आचार्य जिल्ला मन्त्री केशवराज पौडेलले बोल्दै भवन बनाउन र बलडबैक खोल्न जिल्लाले सक्दो सहयोग गर्ने बताउनु भयो । जिल्ला पुर्व उपसभापति देवराज ढकाल , रामपुर नगरपालिकाका वडा नम्बर ७ का अध्यक्ष तिर्थ प्रसाद पङ्गेनि ,वडा नम्बर १०का अध्यक्ष लिला बहादुर गाहा वडा नं. ६का अध्यक्ष हुमनाथ न्यौपाने वडा नम्बर ३ का वडा अध्यक्ष दिनेश कुमार खनाल सन्चारकर्मी बन्दना पोखरेल लगाएतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रममा समाजसेवि राजुप्रसाद श्रेष्ठले, नेत्रप्रसाद भट्टराई उपसाखाका आजिवन सदस्य विष्णुमाया ढकालले बोल्दै यो सस्था आफैमा अति महत्वपुर्ण भएको भन्दै विद्यालय स्थरमा समेत यसलाई लागु गर्दै लानु पर्ने यस सस्थाले सेवा नै धर्म हो भन्ने मुल नारा बोकेको र यसले विपतमा परेका बेला सहयोग गर्ने जस्तो की आगोलागि,बाढिपहिरो लगायत विपदकाबेला सहयोग गर्ने सस्थाको रुपमा चिनियको अति महत्व बोकेको सस्था हो भन्नू भयो ।कार्यक्रममा कार्यक्रम अधिकृत विनोद भारतिले सहजिकरण गर्नु भएको हो ।कार्यक्रममा धन्यबाद सदस्य रामबहादुर हिस्कीले दिनुभएको कार्यक्रमको सन्चालन कोषाध्यक्ष दुर्गा प्रसाद भट्टराईले गर्नु भएको थियाे । रामपुर शाखामा हाल ६२ जना सदस्य रहेका छन् भने आज मात्र १५ जनाले नयाँ सदस्यता लिएका छन् ।
