रामपुरमा कर सचेतनामुलक कार्यक्रम सम्पन्न

बन्दना पाेखरेल   २२ फाल्गुन २०७७, शनिबार २०:५६

पाल्पाको रामपुरमा कर सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । आन्तरीक राजस्व कार्यालय वुटवलको आयोजना र उद्योग बाणीज्य संघ रामपुर पाल्पाको समन्वयमा कर कानुनमा भएका प्रावधान एवं आर्थिक ऐन २०७७ मा भएका कर छुट तथा सुबिधा सम्बन्धि व्यवस्थाहरुको बिषयमा उद्योगी तथा व्यवसायीहरुसगँ अन्तरक्रिया कार्यक्र्रम गरीएको हो ।

कार्यक्रममा बोल्दै आन्तरीक राजस्व कार्यालय बुटवलका कर अधिकृत तथा कार्यक्रमका सभाध्यक्ष्य गोपि कृष्ण पाण्डेले आर्थिक कारोबार तथा व्यवसायमा संलग्न व्यक्तिका लागी स्थाई लेखा नम्बर तथा मूल्य अभिवृद्धि कर अनिवार्र्य रहेको बताउदै आर्थिक ऐन २०७७ ले बार्षिक रु.५० लाखसम्म वा सो भन्दा माथिको कारोबार गर्ने व्यक्तिका लागी आ.ब. २०७३/०७४ देखी २०७६/७७ को वा दाखीला गर्न बाँकी आय विवरण र सोमा लाग्ने व्याजको २५ प्रतिशत रकम बुझाएमा २०७४/७५ अघिको आय विवरण पेश गर्न नपर्ने तथा सोमा लाग्ने कर तथा बाकी ब्याज मिनाह हुने छुट सुबिधा दिएको बताउनुभएको छ ।

यसैगरी २०७५ असार मसान्त सम्मका मु.अ.कर विवरण पेश नगर्ने करदाताका लागीे भने भ्याट विवरण, सोमा लाग्ने मु.अ.कर ब्याजको ५० प्रतिशत रकम बुझाएमा त्यसमा लाग्ने जरिवाना थप दस्तुर तथा बाकी ब्याज मिन्हा हुने बताउदै उक्त सुबिधा प्राप्त गर्न फाल्गुन २९ गतेभित्र करदाताले कर बुझाइसक्नुपर्नेमा जोड दिनुभएको छ ।  गोपि कृष्ण पाण्डे कार्यक्रममा बोल्दै नगर उपप्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि विष्णु देवी घिमिरेले देशलाई विकास निर्माणमा सफलता दिलाउने नै व्यापारी रहेको बताउदै यो कार्यक्रम व्यवसायीहरुका लागी निकै लाभदायी रहेको जनाउनुभएको छ ।