अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा रामपुर पाल्पामा महिला म्याराथन दौड प्रतियोगिता सम्पन्न

बन्दना पाेखरेल   २४ फाल्गुन २०७७, सोमबार २१:४९

पाल्पा रामपुर

– अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा सोमबार रामपुर पाल्पामा महिला म्याराथन दौड प्रतियोगिता सम्पन्न भएको छ । रामपुर नगरपालिकाले आयोजना गरेको म्यारनथन दौड हरेक बर्ष हुने कार्यक्रम भन्दा अलग थियो । म्याराथन दौडको उपाधि रामपुर नगरपालिका वडा न ४ रमा श्रेष्ठले जित्नु भएको छ ।

२ सय ३८ जना सहभागि मध्ये २ सय ३७ जनालाई पछि पार्दै श्रेष्ठले म्याराथनको उपाधि जितेको हो । प्रतियोगिताको उपाधि संगै रमा श्रेष्ठले प्रमाण पत्र सहित नगद १० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नु भएको छ । प्रतियोगितामा द्धितिय निसा खनाल रामपुर ३ र तृतिय रितु कुमाल रामपुर १० भएका हुन ७ जना अन्यलाई सान्तवना पुरस्कार प्राप्त गरेका छन् । द्धितिय , तृतिय र सान्तवना हुनेले क्रमस नगद ५ हजार , २ हजार ५ सय र १ हजार रुपैयाँ सहित प्रमाण पत्र प्राप्त गरेका छन् ।

प्रतियोगिताको विजेतालाई एक कार्यक्रमका विच पुरस्कार वितरण गरिएको थियो । रामपुर नगरपालिकाका उपप्रमुख विष्णु देखि घिमिरे आचार्यको अध्यक्षतामा भएको पुरस्कार वितरण कार्यक्रम रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रमको संचालन रामपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरिराम नागिलाले गर्नु भएको थियो । रामपुर नगरपालिका प्राङ्गण बाट शुरु भएको दौड प्रतियोगिता सानीअमराई कालिआँप किसानबारी हुदै पुन नगरपालीका परिसरमा आई सकिएको हो ।