
फागुन २४ पाल्पा रामपुर

रामपुर पाल्पा सहयात्रि नेपालको आयोजनामा १११औ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस सम्पन्न भएको छ । सस्थांका अध्यक्ष राधिका भण्डारीको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि रामपुर नगरपालिकाका उपप्रमुख विष्णुदेवि घिमिरे आचार्य रहनु भएको हो । आर्चायले बोल्दै समाज परिवर्तन गर्ने जिम्मा हामी सगै छ, हिसा महिला पुरुष जसलाई पनि हुन्छ सर्वप्रथम म हिसा गर्दिन भनेर काम गरे सफल भईन्छ भन्नू भएको छ ।

सस्ंथाका उपाध्यक्ष सरस्वति भट्टराई को स्वागतबाट शुरु भएको कार्यक्रममा नगरपालिकाका प्रशासकिय अधिकृत हरिराम नागीलाले नारी शक्ति हो ,देवि हो सृष्टि हो , सम्मान हो , ईज्यत हो भन्दै सविधानमा भएका महिलाका अधिकारका बारेमा जानकारी गराउनु भएको थियो । नेपालमा ५१.५०%महिलाको तत्थ्याङक रहेको छ । महिला बलत्कार को घटना रोकिएको छैन , विद्यालय देखि नै सचेतना आबश्यक रहेको भन्दै नारीलाइ पनि समान रुपले शिक्षा ,स्वास्थ र रोजगार आबश्यक छ भन्नू भयो ।
रामपुर उद्योग बाणिज्य संघ रामपुरका अध्यक्ष भोजेन्द्र प्रकाश ढकालले बाल्दै परिवर्तन घरबाट नै शुरु गर्नु पर्छ भन्दै महिलाले महिला प्रति हुने हिसा अन्त नहुदा सम्म समाज परिवर्तन हुदैन भन्ने बताउदै नारी दिवसको अवसरमा शुभकामना व्यक्त गर्नु भएको छ । समृद्धि नेपालका अध्यक्ष सावित्रा गैह्रे ,पत्रकार, रमा भण्डारीले हिसा धेरै प्रकारको हुन्छ हिसामा परे सहन हुदैन त्यसको समाधान तर्फ लाग्नु पर्ने बताउनु भयो ।
कार्यक्रममा सस्थांले प्रेरणादायी श्रमिक महिला सम्मान गरेको छ । रामपुर ४ बस्ने सुमन खाम्चा विगत लामो समय देखि घर निर्माण कार्य गर्दै अगुवा मदजुरको रुपमा काम गर्नु भएको छ भने अर्का महिला रामपुर ६ बस्ने सीता ढकालले हाउस वाईरिङको काम गर्दै आउनु भएको छ । उहाँहरु दुबैलाई सस्थांको तर्फबाट सम्मान पत्र र खादाँ ओडाएर सम्मान गरिएको छ । कार्यक्रममा सहयात्रि नेपालका सल्लाहकार दुर्गा देवि रानाले सहभागिलाई धन्यबाद दिनु भएको कार्यक्रमको सन्चालन सचिव बन्दना पोखरेलले गर्नु भएको हो । भगवान गौतम बुद्धले भन्नु भएको छ “अप्पो दिपो भव ” सोहि अनुरुप हामी सवैले सामाजिक रुपान्तरणको सुरुवाद आफैबाट गर्नू पर्दछ ।